विद्युतीय गाडी उत्पादनमा विशेष प्राथिमकता दिन प्रधानमन्त्रीको उद्योगीसँग आग्रह

विद्युतीय गाडी उत्पादनमा विशेष प्राथिमकता दिन प्रधानमन्त्रीको उद्योगीसँग आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारघाटा कम गर्न उत्पादन बढाउन जोड दिएका छन्। 

आयात गरेर बिक्री गर्नु व्यापार नभएको भन्दै प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन हुनेगरी काम गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले कृषि, उद्योग पर्यटनलगायत सबै क्षेत्रमा प्राथमिकता दिएर अघि बढ्ने बताए। 

उद्योगी÷व्यवसायीसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले आयात प्रतिष्ठापन र निर्यात प्रवद्र्धन हुनेगरी काम गर्न सुझाए। 

‘आवश्यक कुरा मात्र आयात गर्नुपर्छ’ उनले भने, ‘अब स्वदेशकै उत्पादनले पुग्ने गरी उत्पादन गर्नुहोस्।’ सबैलाई पुग्नेगरी गुणस्तर सामान उत्पादन गर्न सके आयात गरिरहनुपर्ने अवस्था नहुने उनको भनाइ छ। ‘आयात प्रतिस्थापन हुने गरी काम गर्नोस्’ उनले भने, ‘ यसले शोधनान्तर र बचतमा टेवा पुग्छ।’

‘अहिले नै आयात व्यवसायलाई हतोत्साहित नगरे पनि भरसक आयात नगरे हुन्थ्यो भन्ने हाम्रो चाहना छ’, उनले भने, ‘दुई ठूला औद्योगिक क्षेत्र बढीरहेको मुलुकको बिचमा हामी छौं। बिक्रीको समस्या हुँदैन।’

प्रधामन्त्री ओलीले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्न उद्योगी–व्यवसायलाई आह्वान गरेका छन्।

सेवासुविधाका साथै सहुलियत र कानूनी सहजता दिन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। ‘म आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ’ उनले भने,‘ निर्यात खास व्यापार हो। उत्पादन गरेर पठाउनुस्, सरकारले बढीभन्दा बढी सुविधा दिन तयार छ।’

प्रधानमन्त्री ओलीले देशभित्रै अटोमोबाइल्स उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए। ‘अटोमोबाइल्स यहीँ खोल्नुस्, सोचेको भन्दा बढी सुविधा दिइन्छ’, उनले भने, ‘स्वदेशमा उत्पादन नहुँदा अहिले विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ।’

सरकार र उद्योगी पक्ष विपक्ष नभई देश विकासका लागि सहकार्य गरेर अघि बढ्ने उनले बताए। निजी क्षेत्रलाई चित्त दुखाएर नबस्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने,‘कुन ऐन, कानुनको कहाँ संशोधन गर्नुपर्छ, ल्याउनुहोस्, हामी संशोधन गरेर सहजीकरण गर्छाैँ।’ 

निजी क्षेत्रबिना देश अघि बढ्न नसक्ने भन्दै उनले निजी क्षेत्रले उद्योग क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गरे। 

विद्युतीय गाडी उत्पादनमा विशेष प्राथिमकता दिन उनले उद्योगीसँग आग्रह गरेका छन्। ‘निकट भविषयमा देशको आर्थिक पहिचान बढल्ने संकल्पका साथ अघि बढेका छौं’ उनले भने।

देश विकाशशील राष्ट्रको रुपमा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘जिडीपि र परक्यापिटलमा मात्र नभई सिंगो नेपालीको उत्थान हुनेगरी कार्यक्रम ल्याउँने छौं।’ 

‘हामी आधुनिकतातर्फ जाँदैछौँ’, उनले भने, ‘इतिहास झल्कने, आधुनिकता टल्कने अभियानमा छौँ।’ आधुनिकता टल्काउने नाममा इतिहासलाई भुल्न नहुने भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक बनाइएको उनले सुनाए। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले ऊर्जा, पर्यटन र पूर्वाधारमा केन्द्र्रित भएर अघि बढ्नुपर्ने बताए। संमृद्ध नेपाल, सुखी नेपाली नारा सार्थक बनाउन उद्योगमैत्री नीति बनाउने उनले बताए। ‘योजना वस्तुनिष्ठ र सही मार्गमा जानेगरी बनाउँछौं’, उनले भने। ठोस ढंगले केन्द्रित गर्न उद्योगीको मुख्य भूमिका हुने उनको भनाइ छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ४० प्रतिशत उद्यमी संकटमा परेको बताए। लघु घरेलु साना तथा मझौला उद्यमलाई अझै व्यवसाय विस्तार कठिन भएको उनको भनाइ छ । व्यवसाय सहज बनाउन सरकारले सहयोग गर्नुपर्ने उनले बताए।  साना तथा मझौला उद्यम पुनरुत्थान कार्यक्रम आवश्यक भएको उनको भनाइ छ। भिजन पेपरमार्फत अर्थतन्त्रको विकासमा हामीले टेवा पुर्‍याउन खोजेका छौं’, उनले भने। 

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले कोभिडले साना उद्योग धराशायी भएको बताए। उद्योगमैत्री वातारण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए। २६ लाखलाई रोजगारी दिएको स्मरण गराउँदै अध्यक्ष सिंहले कोभिडका कारण टाट पल्टिने अवस्था आएको बताए। 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल व्यवसायले राजस्वतमा ३५ प्रतिशत योगदान गरे पनि राज्यले चित्त बुझ्दो व्यवहार गर्न नसकेको बताए। ५० प्रतिशत डाउन पेमेन्ट गरेर अटोमोबाइल खरिद गर्नुपर्ने व्यवस्था अन्त्य गर्नुपर्ने उनले बताए।

उद्योगी बिमल केडियाले देशको विकासका लागि राजनीतिक पार्टी र उद्योगी एक ढिक्का भएर जानुपर्ने बताए। ‘व्यापक छलफल गरेर योजनाबद्ध ढंगले अघि बढ्न सके विकास सम्भव छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.