मोडल हन्टमा ६८

मोडल हन्टमा ६८

काठमाडौं : लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात् ‘मोडल हन्ट नेपाल–२०२१’को विजेता १४ चैतमा छानिने भएको छ। होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा विभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन्।

प्रतियोगितामा ३५ युवा  र ३३ युवती भिड्दै छन्। मोडल बन्ने प्रक्रियाअन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा विभिन्न प्रशिक्षणसहित उनीहरू आफूलाई निखार्दै छन्। प्रशक्षिणका क्रममा उनीहरूले र्‍याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिकालगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपको विकास गरिरहेको कोरियोग्राफर रोजिन शाक्यले बताए। शाक्य मुख्य प्रशिक्षक हुन्।

प्रशिक्षणका क्रममा उनीहरूले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, सञ्चार कला र बडी ल्यांग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटो सुटलगायतका विषयमा पनि ज्ञान हासिल गरेका छन्। यी विषयमा माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ, लुजा मेकअप स्टुडियोले प्रशिक्षको भूमिका निर्वाह गरेका छन्। रक्तदान, विपन्न तथा अनाथ बालबालिकाको सहयोगार्थ विभिन्न सामाजिक काममा समेत प्रतियोगी सहभागी भएका थिए। 

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने मोडल हन्ट नेपाल सिजन ६ ग्रान्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सञ्चालन हुनेछ। नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागीले ग्रान्ड फिनालेमा इन्टा श्रेष्ठले तयार पारेका सुन्दर र विशिष्ट पहिरनमा र्‍याम्प नाप्नेछन्।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिताको अवसरका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना हुने गोवा फेसन विकलगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.