संसद्‍प्रतिको विश्वासमा घात हुनेछैन : सभामुख सापकोटा

संसद्‍प्रतिको विश्वासमा घात हुनेछैन : सभामुख सापकोटा

 काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍‍प्रतिको विश्वासमा घात नहुने बताएका छन् । शनिबार जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबारचाबहिलमा सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् । उनले अब संसद्‍ले गति लिने विश्वासमेत व्यक्त गरेका छन् । 

‘कानुन निर्माणमा चुनौती सामना गर्दै भगीरथ प्रयत्न हुनेछ, जनताको संसद्प्रतिको विश्वासमा घात पर्ने गरी काम हुने छैन, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्छ, शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिनुहुनेछ’, सापकोटाले भने । 

कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास व्यक्त गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले कलेजलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजनामा आफ्नो साथ रहने उनको प्रतिबद्धता छ । पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने सभामुख सापकोटाको विश्वास छ । 

 
सापकोटाले विसं २०६२/२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताए । 
 
सभामुख सापकोटाले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए । 
 
‘विसं २०६२/२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ’, सभामुख सापकोटाले भने।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.