मनाङमा ट्रक दुर्घटना : एउटै परिवारका तीन जनाको मृत्यु

मनाङमा ट्रक दुर्घटना : एउटै परिवारका तीन जनाको मृत्यु

लमजुङ : मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ट्रकमा सवार एक नाबालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको हो। 

बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। 

मनाङका डीएसपी सुवास खड्काका अनुसारका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६/७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको मृत्यु भएको हो। मृतक लिउन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्।

खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो। ट्रक सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेको छ। 

दुर्घटनामा परी ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी ६र७ बर्षीय थिउन गुरुङ र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका  छन्। 

घाइतेलाई उपचारको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको  छ। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ।

नासों ३ का अध्यक्ष मीनबहादुर गुरुङका अनुसार मृत्यु भएका र घाइते भएका ओडार गाउँका सबै एकै परिवारका हुन्। दुर्घटनामा मृत्यु भएका र घाइतेको उद्दार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीयले गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। 

शनिबार दिउँसो अन्दाजी साढे ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अझैसम्म खुलेको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.