अर्घाखाँचीमा जीप दुर्घटना, ३ घाइते, २ को अवस्था गम्भीर
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
३ जनामध्ये गम्भीर अवस्थाका सन्धिखर्क ९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सिता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
अर्का १८ वर्षीय विजय खत्रीको अस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । जीपमा सवार यात्रु सुरज खनालका अनुसार साढे ३ वर्षीय बालकसहित ६ जना थिए । जीपमा रहेका ६ जनामध्ये ३ जना सकुशल निस्कन सफल भएका छन्।