भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले जानाएअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । 

सोही अवधिमा अरु २२ हजार ९५६ जना भने संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा संक्रमितहरुको संख्या झण्डै दोब्बर रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्यामा बृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् ।   

कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.