हुथी समूहमाथि साउदी गठबन्धनको आक्रमण

हुथी समूहमाथि साउदी गठबन्धनको आक्रमण

साना: साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गर्दै जवाफी हवाई आक्रमण गरेको जनाएको छ ।

साउदी अरेबियामा ड्रोन आक्रमणको जिम्मेवारी हुथी समूहले लिएको केही घण्टामै गठबन्धनले पछिल्लो आक्रमण गरेको हो । आइतबार बिहान यमनको राजधानी सानास्थित स्थानीयहरुले पनि यस आक्रमणबारे जानकारी दिएका छन् ।

गत शुक्रबार साउदी अरेबियाको तेल रिफाइनरी केन्द्रमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो । जुन आक्रमणले गर्दा भीषण आगलागी समेत भएको थियो । साउदी गठबन्धनले भने शनिबार हुथीले आक्रमण गरेको भनिएको ड्रोन ध्वस्त पारेको जनाएको छ ।

हुथीको ड्रोन हमला सैनिक क्याम्पमा लक्षित गरी गरेको भनिएको थियो । तर हुथी समूहले राजधानी सानाको विमानस्थलमै आक्रमण भएको बताएको छ । पछिल्लो समय हुथी समूहले साउदी अरेबियामाथि आक्रमण बढाउँदै छ । साउदीले भने अधिकांश ड्रोन र मिसाइल ध्वस्त पारेको दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.