बंगलादेशको रोहिंग्या बस्तीमा भीषण आगलागी
ढाका: बंगलादेशको कक्स बजारस्थित रोहिंग्या बस्तीमा भीषण आगलागी भएको छ। कक्स बजारको उखियास्थित सोमबार दिउँसो ४ बजेतिर आगलागी भएको स्थानीय मिडियाले जनाएका छन् ।
घटनापछि ठूलो संख्यामा अग्नि नियन्त्रक टोली उद्वारका लागि खटिएको छ । आगलागी भएको बस्तीमा ५ हजार परिवार रोहिंग्या बस्दैआएको बताइएको छ ।
स्थानीय मिडियाका समाचार अनुसार अग्नि नियन्त्रक टोलीले अझै आगो नियन्त्रण गर्न सकिरहेको छैन । बंगलादेशको कक्स बजारका विभिन्न क्याम्पमा १० लाख भन्दा धेरै रोहिंग्या रहँदैआएका छन् ।
तीमध्ये धेरैजसो २०१७ को अगस्टदेखि यहाँ रहँदैआएका हुन् ।