अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमण, प्रहरी अधिकारीसहित १० जनाको मृत्यु

अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमण, प्रहरी अधिकारीसहित १० जनाको मृत्यु

डेनभर : अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ । अमेरिकी प्रहरीका अनुसार ‘ग्रोसरी’ बजारमा एक बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको हो ।

सो घटना स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे घटेको हो । प्रत्यक्षदर्शीले सो घटनाको युट्युबमा प्रत्यक्ष प्रसारण गरेको बताइएको छ । त्यसको करिब आधा घण्टापछि प्रहरीले किंग सूपर्स गल्लीमा गोली चलेको बताएको थियो । साथै कुनै पनि सामाजिक सञ्जालमा घटनाको प्रसारण नगर्न बताएको थियो ।

प्रहरीले एक जनालाई आक्रमण गरेको आशंकामा नियन्त्रण लिएको बताइएको छ ।

पछिल्लो समय अमेरिकामा बन्दुक आक्रमणका घटना बढिरहेका छन् । केही दिन पहिले मात्र तीन वटा मसाज सेन्टरमा आाक्रमण हुँदा छ एसियाली मुलका महिलासहित आठ जनाको ज्यान गएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.