अमेरिका गोलीकाण्ड: प्रहरी अधिकारीसहित १० जना मारिए

अमेरिका गोलीकाण्ड: प्रहरी अधिकारीसहित १० जना मारिए

वासिङटन: अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरस्थित एक सुपरमार्केटमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित १० व्यक्ति मारिएका छन् ।

किङ सुपर्स सुपरमार्केटमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा एक प्रहरी अधिकारी सहित १० जना मारिएका हुन् ।

घटनास्थलबाट एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीयहरुले उक्त घटनाको सामाजिक सञ्जालमा लाइभ स्ट्रिमीङ गरेका थिए । जहाँ एक व्यक्ति रगताम्य भएर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको देखिन्छ । साथै ती व्यक्ति अर्धनग्न अवस्थामा पनि थिए ।

एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि त्यहाँ भागदौड मच्चिएको देखिन्छ । बोल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक शंकास्पद व्यक्तिलाई हिरासतमा राखिएको र उनको उपचार भइरहेको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार स्थानीय समयानुसार दिउँसो २:३० बजेतिर उक्त घटना भएको हो। अमेरिकाका विभिन्न सहरमा यसअघि पनि सशस्त्र व्यक्तिले भीडभाडमा छिरेर अन्धाधुन्ध गोली चलाउँदा थुप्रैको ज्यान गएको छ ।

गत महिना राष्ट्रपति जो बाइडेनले हतियार खरिद गर्न चाहने व्यक्तिको पृष्ठभूमिबारे कडा जाँच गर्ने कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.