बाह्रबुँदेको उपहार !

बाह्रबुँदेको उपहार !

नेपाल दलीय विद्वान्ले भरिएको देश बनेको छ। यहाँका प्रायः विद्वान्, प्रा.डा., न्यायाधीश, प्रशासक, नागरिक समाज समाजका लागि नभई राजनीतिक दलका लागि बाँचेका छन्।

हो, देशमा क्रान्ति हुन्छ। क्रान्तिले शान्ति ल्याउँछ। त्यो क्रान्ति देश, माटो र जनताले मागेको हुनुपर्छ। सयौं वर्षका सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक बेथितिले क्रान्ति जन्माउँछ। हरेक १० देखि १५ वर्षका बीचमा कुनै पनि देशमा क्रान्ति हुनै सक्दैन। एउटा सत्य के हो भने ज्वालामुखी र क्रान्तिको सिद्धान्त उस्तै हुन्छ। सयौं वर्षदेखि जमिनभित्र तातेका लाभाले कमलो भागबाट फुटेर जमिनमा आगो निकाल्छ र नयाँ माटो दिन्छ। क्रान्तिले पनि नयाँ युगको सुरुवात गर्छ। २००७ सालदेखि ०६३ सम्म नेपालमा भएका सबै क्रान्ति विदेशीका इशारामा गरिएका छन्। १७ हजारको ज्यान जाने गरी भएको पछिल्लो सिद्धान्तविहीन र अर्काको स्वार्थमा गरिएका ती स्वघोषित क्रान्तिले समाजलाई केही दिन सक्दैन।

०६२/०६३ को क्रान्तिले बाह्रबुँदे जन्मियो। त्यही क्रान्तिका पात्रले देशको सार्वभौमिकता मालिकलाई अर्पण गरी मालिकको तर्फबाट नेपालमा विजयोत्सव मनाइयो। त्यही सम्झौताको पीडा हामीले भोगिरहेका छौं। सीधा भाषामा भन्नुपर्दा त्यो शान्तिसम्झौता नभई राष्ट्रियतामाथिको धोका थियो। सहीछाप गरिएको पत्र मुलुकको पक्षमा थिएन। मुलुकका हितमा नहुने त्यो पत्रले आजको दुर्दशा भएको हो।

श्री ५ को सरकार र माओवादीबीच छलफल भएको भए हिन्दु धर्म, राजसंस्था, संघीयता, सेना समायोजन प्रक्रिया आदि उसैबखत टुंगो लाग्ने पक्का थियो। सबैभन्दा अत्याचार सनातनसहित ८५ प्रतिशत हिन्दु धर्मावलम्बीमाथि गरियो। जर्मनमा हिटलरले यहुदीमाथि गरेजस्तै अत्याचार नेपालमा पनि १७ हजार मान्छे र हिन्दु धर्म मारियो इशारामा। अर्को संगीन पक्ष भनेको राजसंस्था फालेर गणतन्त्र घोषणा गर्ने विधि र अख्तियारीलाई लात हानियो। छिमेकीले फाल्न चाहेको राजसंस्थालाई सम्झौताधारीले पनि सघाएर गणतन्त्र घोषणा गरे। यसको दुर्भाग्य हामी भोगिरहेका छौं।

संघीयता र हजारौं कर्मचारी–नेता पाल्ने घाँडो व्यवस्थाबाट पनि कुनै सैद्धान्तिक छलफल नभई जातीय राज्य बनाई नेपालमा पनि रुवान्डामा जस्तै हुतु र तुत्सी अर्थात् चुच्चे र थेप्चेबीचको लडाइँ चर्काउनु थियो। जातीय राज्य नभए पनि संघीयता नेपालका लािग दुर्भाग्य भएको छ। गोर्खाली अर्थात् हिन्दु धर्मधारी क्षेत्री–ठकुरी समुदाय नै नेपालका अत्याचारी हुन् भन्ने भ्रम जन्माई केही स्वार्थी उपल्लो जाति (सबै होइनन्) ले जनजाति–आदिवासी–दलित–मधेसी भन्ने नाम दिएर यो देशमा लठैत क्रान्ति गरे। ती केही उपल्लो जातलाई क्षेत्री–ठकुरीलाई वशमा लिएर काम गराउन सक्ने आँट नहुँदा समाजका अन्य जातलाई भड्काएर १७ हजारको ज्यान लिने काम गरियो।

अहिले नेपाली समाजमा क्षेत्री–ठकुरी र हिन्दु धर्मविरुद्ध अर्को समूह खडा गरी औंलामा गन्न सकिने एकल जातीय केही व्यक्तिले अरूलाई मूर्ख बनाई देशको श्रीसम्पत्ति स्वाहा पारेका छन्। ०६३ सालदेखि आजसम्मको देशको अवस्था हेर्ने हो भने दयनीय बनाएको छ। मालिकबाट वरदानस्वरूप पाएको बाह्रबुँदेले नेपाल आमाको छातीमा लात हानेको छ। यही अवस्था विद्यमान रहने हो भने मुलुकको अस्तित्व नामेट हुन सक्छ। त्यसैले राष्ट्रवादी शक्ति एक हुन आवश्यक छ।

देशमा भइरहेको सनातन धर्म र राजसंस्थाको माग, एकल जातीय शासन, परिवारवाद र संघीयताको अन्त्यलगायतका आक्रोशको जन्म कहाँबाट भयो ? द्वन्द्व विश्लेषक, देशका सबै सुरक्षा अंगलगायतले निष्पक्ष निष्कर्ष निकालेर नेपाल सरकारलाई दिन ढिलाइ भइसकेको छ। राष्ट्रनिर्माताहरूको अपमान र हत्याराको सम्मानका लागि बनाइएको नेपालको संविधान– २०७२ वर्तमान द्वन्द्वको अर्को स्रोत भनेको भविष्यमा नेपाल टुक््रयाउने दस्ताबेजसमेत हो। तसर्थ अर्काले उचालेर गरिएको १७ हजारको हत्या, मालिकद्वारा लादिएको बाह्रबुँदे र जालझेल गरी गराइएको विस्तृत शान्ति सम्झौता र वर्तमान संविधान नै नेपालीका दुःख हुन्। जालझेल गर्ने राष्ट्रघाती देशमारा ज्यानमारा– बनमारासँग समयमै जवाफ मागौं। दोषीमाथि कारबाही हुनैपर्छ। यो नेपालको माटो तराई–मधेस, पहाडे–हिमाली सबैको हो। इतिहास र संस्कार–संस्कृतिको खेदो खनेर विद्वान् बन्ने पढेलेखेकाहरूले छातीमा हात राखेर वर्तमानको समीक्षा गरौं। कानुनी राज्य र सबैका लागि अवसर दिने प्रजातन्त्रका लागि हामी मिलेर काम गरौं। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.