बागलुङ बडिगाडमा चट्याङ लागेर बालकको मृत्यु
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकामा चट्याङले लागेर बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ नेटाखर्कमा मंगलबार साँझ चट्याङले लागेर अमरे विकका ८ वर्षिय छोरा खिम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
विक घरमै बसेको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए। चट्याङ्ले घरमा पनि सामान्य क्षति गरेको छ।