चितुवाको छालासहित युवक  पक्राउ

चितुवाको छालासहित युवक  पक्राउ

लमजुङ : चितुवाको छालासहित लमजुङ प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ सिमि बस्ने ३४ वर्षीय मनराज गुरुङ रहेका छन् । 

विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा इन्सपेक्टर ओमप्रकाश पुनका अनुसार केही हप्ता अगाडी देखि प्रहरी आफू नै ग्राहक बनेर गुरुङलाई पक्राउ गर्ने योजना बनाएको थियो । 

सोही योजना अनुरुप दोर्दीको सिमि गाउँमा नक्कली ग्राहक बनेर खरिद बन्ने योजना बनाई चितुवाको छाला र हड्डीसहित गुरुङलाई पक्राउ गरिएको पुनले बताए । गुरुङलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङमा पठाइएको प्रहरीले जनाएको छ । 

वन्यजन्तुको अवैध कारोवारमा संलग्नलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने डिभिजन बन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । 

चितुवा मार्ने तथा बिक्रीवितरण गर्नेलाई पाँच लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्ष कैद वा दुवै सजाय हुने कानुमा उल्लेख छ । यस्तै अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई पनि कडा कारबाही हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.