होलीमा भिडभाड नगर्न आग्रह
भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आउन लागेको फागु पूर्णिमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले बताए।
‘भारतमा कोरोना संक्रमण बढ्दै गएको र खुल्ला सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुहुन अनुरोध छ’, प्रशासनबाट जारी सूचनामा उल्लेख छ।