फिदिममा स्तरीय खेल मैदान निर्माण हुँदै

फिदिममा स्तरीय खेल मैदान निर्माण हुँदै

फिदिम : पाँचथर सदरमुकाम फिदिममा सुविधासम्पन्न खेल मैदान बनाउने काम सुरु भएको छ।  फिदिम माविको स्वामित्वमा रहेको मैदानलाई स्तरीय रंगशाला बनाउने गरी काम अघि बढाइएको हो।  पर्खाल भत्किएर प्रयोगबिहीन बनेको मैदानलाई रंगशाला बनाउने काम सुरु भएपछि जिल्लाका खेलप्रेमीहरु खुसी भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले ठेक्का सम्झौता गरेर मैदान निर्माणको कामलाई अघि बढाएको हो। १५ करोड ५५ लाखको इस्टिमेट गरेर रंगशाला निर्माणका लागि ठेक्का खुलाइएको थियो।  जसमध्ये १० करोड ६३ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको खेलकुद परिषदका इञ्जिनियर राजु श्रेष्ठले जाकारी दिए।  

‘१७ महिनामा काम पुरा गर्नेगरी सम्झौता भएको छ,’ श्रेष्ठले भने ‘सम्झौता भएपश्चात निर्माण कम्पनीले काम सुरु गरेको हो ।’ पीएस किरातेश्वर मैनाचुली जेभी निर्माण कम्पनीसँग माघ २५ गते ठेक्का सम्झौता भएको थियो।  नाइन साइड फुटबल खेल्न मिल्ने गरी रंगशाला निर्माणका लागि काम सुरु भएको हो।   

स्तरीय मैदानमा प्याराफिटसहित व्यापारीक प्रयोजनका लागि  सटर बनाउने गरी काम भइरहेको छ।  मैदानको तल्लो छेउमा सटरसहितको प्याराफिट बनाउन लागिएको हो।  मैदान आसपासको जग्गा प्राप्त हुन सके यो मैदानलाई ११ साइडको मैदान बनाउन सकिने बताइको छ ।

मैदान निर्माण सुरु भएपछि जिल्लाका खेलप्रेमीहरु खुसी भएका छन्।  यसअघि मैदान अभावमा जिल्लाको खेलकुद ठप्प भएको थियो।  फिदिम माविको स्वामित्वमा रहेको मैदानको छेउपट्टिको पर्खाल भत्किएपछि विगत दुई वर्षदेखि फिदिममा खेलकुद गतिविधि शून्य थियो।  फिदिम स्पोर्टिङ क्लबले सञ्चालन गर्दै आएको फाल्गुनन्द गोल्डकप र पाँचथर क्लबले सञ्चालन गर्दै आएको पाँचथर गोल्डकप मैदान अभवमा रोकिएका छन्।  

‘रंगशाला निर्माणका काम सुरु भएपछि हामीलाई खुसी लागेको छ,’ फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले भने, ‘जिल्लाको खेलकुदले फेरि गति लिने विश्वास छ ।’ सदरमुकाम फिदिम बजार आसापासमा भएको यो एउटै मात्र मैदान हो।  यो मैदानमा खेलकुदका गतिविधिसहित आम सभा, संस्कृतिक कार्यक्रम लगायतका कार्याक्रम हुने गरेका छन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.