क्षयरोगको जोखिम

क्षयरोगको जोखिम

क्षयरोगबारे सामान्य जानकारी धेरैलाई भए पनि नेपालमा यसको प्रभाव कस्तो छ भन्ने विषयमा कमै मानिस मात्र सचेत भएको पाइन्छ। धेरैले सुनेको, जानेको र परोक्ष रूपमा भोगिरहेको यो रोगको रोकथामका लागि प्रभावकारी पूर्वतयारी भएको पनि पाइँदैन। यसले अदृश्य रूपमा पारेको प्रभाव नियाल्ने हो भने अन्य रोगभन्दा पनि जटिल रूप लिइरहेको पुष्टि हुन्छ। यो रोगबाट ग्रसितको संख्या, दैनिक मृत्यु हुने नागरिकको तथ्यांक र अन्य पक्ष विश्लेषण गर्ने हो भने यसले भित्रभित्रै भयानक रूप धारण गरिसकेको देखिन्छ। यसलाई पनि प्राणघातक रोगको वर्गमा राखेर बेलैमा निरोधात्मक उपाय नअपनाउने हो भने छिटै धेरै जनसंख्यालाई एकैपटक पिरोल्ने देखिन्छ। तसर्थ नागरिक र सरकारी स्तरबाट संयुक्त अभियान सञ्चालन गरेर यसको फैलावट नियन्त्रण गर्नुपर्छ।

मुख्यगरी क्षयरोग श्वासप्रश्वासका माध्यमबाट सर्छ। नेपालमा दैनिक औसत ४६ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। वार्षिक १७ हजार क्षयरोगीको ज्यान जाने गरेको छ। नेपालमा औसत २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष २०७५÷७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार प्रत्येक वर्ष करिब ६९ हजार क्षयरोगी थपिने गरेका छन्। हाल नयाँ तथा पुराना क्षयरोगीको संख्या एक लाख १७ छ; जसमध्ये झन्डै ४१ हजार नयाँ बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन। क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन्। पछिल्लो १९ महिनाको अवधिमा बाँकेमा ५८ क्षयरोगीको मृत्यु भएको छ। साउनदेखि पुससम्म २० जनाको ज्यान गएको छ। नेपालको सन्दर्भमा क्षयरोग विशेषगरी तराई र सहरी भेगका नागरिकमा बढी देखिने गरेको छ। छिमेकी मुलुक भारत र चीन तुलनात्मक रूपमा विश्वमै धेरै क्षयरोगी भएको देशमा पर्छन्। हाम्रो मुलुकमा पनि यसको जोखिम उच्च देखिन्छ।

नेपालमा क्षयरोग निवारण गर्न विभिन्न प्रयास गरिएको भए पनि पूर्ण प्रभावकारी बन्न सकेको छैन। कूल जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमण जोखिमको सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ। क्षयरोगीको संख्या बर्सेनि बढिरहेको छ। डट्स सेन्टरमा उपचारका लागि आउने सबै टीबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ। नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर छन्। रोगीको संख्या बढिरहेकाले सरकारले सन् २०३५ सम्ममा क्षयरोग निवारण गरिसक्ने लक्ष्यमा समेत असर पर्ने देखिन्छ। लक्ष्य भेट्टाउने हो भने मुलुकभरबाट खकारको नमुना संकलन गरी रोग परीक्षण, जनचेतना अभिवृद्धि, स्थानीय तहसँग समन्वय र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्नुपर्ने हुन्छ।

विज्ञान र प्रविधिको विकाससँगै उपचार पद्धतिमा पनि आधुनिकीकरण हुन थालेको छ। यो रोगका बिरामीको अवस्थाअनुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी दुई विधिबाट उपचार गरिन्छ। इन्टेन्सिफ चरणअन्तर्गत नयाँ केसका बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गर्नुपर्ने हुन्छ। क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्छ। सरकारले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटीआर) सुरु गरिसकेको छ। बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको क्षयरोग केन्द्रले पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको हुन्छ। तर सरकारको पहलले मात्रै यो रोगको पूर्ण रोकथाम हुँदैन। यसका लागि नागरिक स्तरबाट पनि उत्तिकै अभियान सञ्चालन हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.