एशिया र युरोप जोड्ने जलमार्ग अवरुद्ध

एशिया र युरोप जोड्ने जलमार्ग अवरुद्ध

फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन् ।

पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका छन् ।

इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ । यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ । एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ ।

अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ । झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ ।

विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन् । समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन् । सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए । सो नहर १९३ किलोमिटर लामो छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.