ओली सरकार हटाउनुको विकल्प छैन : उपेन्द्र

ओली सरकार हटाउनुको विकल्प छैन : उपेन्द्र

बुटवल : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म मुलुकले निकास नपाउने दाबी गरेका छन्। बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पुस ५ को निर्णयका विरूद्धका उत्रिएका शक्तिहरू एक भएर सरकार हटाउन लाग्नुपर्ने बताएका हुन्। 

ओली सरकारमा रहदासम्म प्रतिगमनको खतरा रहेको भन्दै उनले संविधान बचाउन र अग्रगमनका लागि ओली सरकार हटाउनुको विकल्प नरहेको धारणा राखे। लोकतन्त्र र संविधान जोगाउनका लागि ओली सरकार हटाउनु नै अहिलेको निकास रहेको उनले जिकिर गरे। तर राजनीतिक दलहरू अझै निर्णय लिन नसकिरहेको उनले बताए। `अब पनि ढिलाइ गर्नु हुँदैन, कांग्रेससहितका शक्तिले छिटो निर्णय गर्नुपर्छ',उनले भने। शेरबहादुर देउवातर्फ सबैको ध्यान गएको यादवको भनाइ छ।

उनले आफ्नो पार्टीले कुनै पनि हालतमा केपी ओली प्रवृत्तिको समर्थन गर्दै सरकारको समर्थन गर्न नसक्ने जिकिर गरे। उनले रेशम चौधरीलाई जेलबाट छुटाउने वहानामा सत्ता साझेदार हुन नसक्ने उनको दाबी छ। 

यादवले ओेली सरकारबाट अहिले संसदमाथि प्रहार भएको बताए। संसदलाई असफल बनाउने रणनीतिमा सरकार लागेको उनले बताए। राष्ट्रिय मुद्दामा कमजोर बनेको सरकारले अस्थिरता निम्त्याउने काम गरेको आरोप उनले लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.