तीन वर्षीय छोराको हत्या

तीन वर्षीय छोराको हत्या

दैलेख : दैलेखमा एक महिलाले आफ्नै नाबालक छोरालाई विभत्स हत्या गरेकी छिन्। जिल्लाको डुङ्गेश्वर गाउँपालिका–३ रेक्चाकी २८ वर्षीया हिरा थापामगरले नाबालक छोरा तीन वर्षीय उमेश थापामगरलाई झुण्ड्याएर विभत्स हत्या गरेकी हुन्। 

हिराले बिहीबार बिहान ६ बजे छोरा उमेशलाई आफ्नै घरमा झुण्ड्याएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए। उनले छोरा उमेशलाई कुर्ताले झुण्ड्याएर हत्या गरेको पुष्टि भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए। ‘ती महिलाले कक्षामा ४ मा अध्ययनरत ९ वर्षीया छोरीलाई समेत हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक सुनारले भने ‘ती बालिका भने आमाको हातबाट फुत्किई भागेर बाँच्न सफल भएको पुष्टि भएको छ।’

छोराको हत्या गरेर हिराले आत्महत्याको प्रयाससमेत गरेकी थिइन्। छोराको हत्या गरेर घरभन्दा एक किलोमिटर टाढा उत्तर तर्फको रेक्चा खोलाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए। भीरबाट हाम फालेर आत्महत्याको प्रयास गर्दा उनी सख्त घाइते भएकी छिन्। 

स्थानीय नागरिकहरुले ती महिलाले भीरबाट हाम फालेर सख्त घाइते भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घाइते महिलाको प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। बालकको शव पनि पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ। 

ती महिला मानसिक रोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए। नाबालक छोराको हत्या गरेर आत्महत्याको प्रयास गर्ने हिरा थापामगरका श्रीमान थीरबहादुर थापामगर भारतमा छन्। थीरबहादुर मजदुरीका लागि विगत एक वर्षदेखि भारतमा रहेको स्थानीय बासिन्दाहरुको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.