देउवालाई मैले बाहेक कसैले हराउन सक्दैन: शशांक

देउवालाई मैले बाहेक कसैले हराउन सक्दैन: शशांक

सिरहा : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा आफूले मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दावी गरेका छन् ।

'न शेखरदा, न रामचन्द्रजी, न त प्रकाशमान शेरबहादुरसँग सभापतिमा लड्नसक्नुहुन्छ । मैले मात्रै देउवालाई हराउन सक्छु,' नेता कोइरालाले भने ।

सिरहाको लहानस्थित क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटको क्रममा अहिलेको पार्टी नेतृत्वमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

पार्टी राम्रो बनाउने चाहना रहेको तर पार्टीको अवस्था खस्किँदै गएको आफु टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताएका छन् ।

‘मेरो बुबाले बनाएको पार्टीलाई यो अवस्थामा आफुले हेर्न सक्दिन । टुलुटुलु हेरेर बस्दिन । नेतृत्व परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्न को उठ्ने ? मैले यसो बिचार गरेँ सबैलाई हेरेँ । मेरो यो राजनीतिक बाध्यता सभापतिमा उठ्ने । मलाई कुनै इच्छा छैन’ उनले भने ।

आफू नउठे शेरबहादुर देउवाले फेरि जित्ने भएकाले आफू उठ्नै पर्ने बाध्यता रहेको उनको धारणा थियो । 

कोइरालाले अघि भनेका छन्, ‘बुबाले बनाएको पार्टी सबभन्दा राम्रो हुनुपर्छ भन्ने चाहना हो । यसको इतिहास राम्रो बिचार अत्यन्त बलियो छ । समाजवादी बिचार हामीले बोकेका छौँ । जनतासँग जानलाई हाम्रो बिचारले प्रशस्त ठाउँ दिएको छ । भारतमा कांग्रेस आई विलय भइसकेको जस्तो नेपाली कांग्रेस यहाँबाट विलय नहोस् त्यसैले हामीले नेतृत्वमा परिवर्तन गर्नुपर्छ ।’

आउँदो महाधिवेशनमा सभापतिका लागि कार्यकर्तासँग सहयोग मागे । उनी आफू उम्मेदवारी दिने जानकारी गराएका थिए । आफ्नो नेतृत्वमा सरकार बने देशमा परिवर्तन ल्याउने उनले सुनाए । जसको लागि कृषिमा अत्यधिक लगानी गरेर विदेश गएका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने योजना रहेको कोइरालाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.