इजिप्टमा रेल दुर्घटना: ३२ को मृत्यु, एक सय बढी घाइते

इजिप्टमा रेल दुर्घटना: ३२ को मृत्यु, एक सय बढी घाइते

कायरो: इजिप्टको दक्षिणी क्षेत्र सोहाग प्रदेशमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । १०८ जना घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर भएको बताइएको छ । मृतकको संख्या अझै बढ्नसक्ने बुझिएको छ ।

राजधानी कायरोबाट अस्वानतर्फ गुडेको र लुक्सोरबाट अलेक्सान्ड्र्यातर्फ जाँदै गरेको दुई रेल आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । स्थानीय मिडियाका अनुसार घटनास्थल कायरोबाट ४७६ किमी टाढा पर्छ ।

स्वास्थ्य मन्त्रालयले वक्तव्य जारी गर्दै घटनाबारे जानकारी दिएको छ । सरकारले घटनाप्रति दुख व्यक्त गरेको छ । घटनाबारे अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको पनि मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

घटनास्थलमा उद्धारका लागि कठिनाइ भएको पनि बताइएको छ । जहाँ उद्धारका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । दुबै रेलमा गरी सयौँ यात्रु सवार थिए ।

घाइतेहरूको अहिले नजिकका विभिन्न अस्पतालमा उपचार गराइएको छ । यस घटनालाई इजिप्टका नागरिकहरुले सामाजिक सञ्जालमार्फत् भयानक दुर्घटनाको रुपमा चित्रित गरेका छन् । यात्रु र स्थानीयहरुले सामाजिक सञ्जालमा दुर्घटनास्थलको फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् । कतिपयले त यसलाई लिएर आगामी दिनमा रेलको यात्रा गर्न असुरक्षा महसुश हुने प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.