होली
यस्तो उस्तो हरपल अझै हुन्न हाम्रो अतीत
सारा खेलौं सरल जनले दुःख हामी भुलेर
रातो कालो जब सब दले रंग देख्दा कलाको
रंगीचंगी सब सब भए मूर्ति जस्तै भलाको ।
जम्मा गर्दै वरपर सुधा शक्ति जम्मा गरेर
आयो होली रमझम गरौं पर्व सारा मिलेर ।।
तीतो मीठो तरल गुणका खान सक्ने अवस्था
कोही राम्रा विचलन भए रैछ मात्ने व्यवस्था ।
नाचौं खेलौं खलबल गरी सँग साथी झुलेर
आयो होली रमझम गरौं पर्व सारा मिलेर ।।
मान्छे धेरै परम गुणका रंग रंगी विरंगी
आए सक्ने नियम किन हो घीन लाग्यो फिरंगी ।
स्वाहा हाम्रो बियर रमले पर्व सारा झुलेर
आयो होली रमझम गरौं पर्व सारा मिलेर ।।
मौका आयो भनिकन युवा सभ्य बाहेक सोच्ने
चेलीबेटी मुख वचनको वाण केही नरोक्ने
केके गर्छौं भन भन युवा दुष्ट कालो घसेर
आयो होली रमझम गरौं पर्व सारा मिलेर ।।