अन्नपूर्णको समाचार च्यानल घोषणा : तीन विदेशी र एउटा आफ्नै फरक कार्यक्रम

अन्नपूर्णको समाचार च्यानल घोषणा : तीन विदेशी र एउटा आफ्नै फरक कार्यक्रम

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले आगामी साउन १ गतेदेखि ‘एपी न्युज’ च्यानल सञ्चालनमा ल्याउने भएको छ। नेपाली मिडिया जगत्मा छुट्टै इतिहास र ब्रान्ड बनाउन सफल अन्नपूर्ण मिडियाअन्तर्गतको एपीवान एचडी टेलिभिजनले विभिन्न कार्यक्रमसमेत थप गर्ने भएको छ। अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज गायन रियालिटी सो सारेगमप, डान्स रियालिटी सो डान्स नेपाल डान्स, एमटीभी स्प्लिट्स भिल्ला र प्रधानमन्त्रीनामक कार्यक्रमहरू सञ्चालनमा ल्याउँदै छ।

नेटवर्कले शुक्रबार राजधानीमा विशेष कार्यक्रम गरी नयाँ कार्यक्रम घोषणा गरेको हो। कार्यक्रममा बोल्दै नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले मिडिया क्षेत्रमा अन्नपूर्ण मिडिया नेटवर्कको उद्देश्य ठूलो र महŒवपूर्ण भएको बताए। सन् २०११ मा अचम्म तरिकाले आफ्नो मिडिया यात्रा सुरु भएको जानकारी दिँदै अध्यक्ष थापाले अहिलेसम्म झन्झन् बढ्दै र झांगिँदै गएको बताए। आफू एक हेलिकप्टर पाइलट भएर कर्ममा विश्वास गर्ने व्यक्ति भएकाले पनि मिडिया सञ्चालन र व्यवस्थापनसँगै हेलिकप्टर उडानको अन्तरसम्बन्धलाई अध्यक्ष थापाले प्रस्ट पारेका थिए।

थापाले हेलिकप्टर उडानमा जसरी अर्को पटक अर्को गन्तव्य अनिश्चित हुन्छ त्यसैगरी मिडियामा पनि अनिश्चितताको चुनौती र असहज अवस्थाहरू अनिश्चित रूपमा आइरहने अनुभव सुनाए। आउने साउन १ गते सुरु हुन लागेको नयाँ न्युज च्यानल एपी न्युजलाई निष्पक्ष र पारदर्शी न्युज च्यानल बनाउने घोषणा गर्दै उनले देशमा संकट परेको समयमा मिडियाको भूमिका प्रभावकारी हुने विचार व्यक्त गरे।  

उनले मिडियाको बारेमा जान्ने र नजान्नेले अनेक भविष्यवाणी गर्ने गरेको बताए। ‘मिडियाको सुरु पनि छैन, अन्त्य पनि छैन’, उनले भने, ‘खुसी, हर्ष, विस्मात, परिवर्तन हाँसो, आँसु, राजनीति, अर्थनीति, विज्ञान, साहित्य, कला, परिवर्तन र सबै व्यवस्था  मिडियाबिना असफल नै छ। मिडियाबिनाको सञ्चार छैन र सञ्चारबिनाको संसार पनि छैन।’

मिडियालाई व्यापार हैन उद्योगको रूपमा विकास गरी डिजिटलाइजेसन र सोसल मिडियालाई उच्चतम प्रयोग गरेर अगाडि बढ्ने मिडिया हाउस र स्टेक होल्डरका लागि यो स्वर्णयुग भएको उनले बताए। उनले अन्नपूर्ण मिडिया नेटवर्क सधैंभरि जनताको साथमा रहने विश्वास दिलाए।

अन्नपूर्ण मिडिया नेटवर्क सुरुदेखि नेपालको मिडिया क्षेत्रमा निष्पक्ष पत्रकारिता, नागरिकलाई सुसूचित गर्ने उद्देश्यमा प्रतिबद्ध छ। अन्नपूर्ण पोस्ट् दैनिक, एपीवान टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्ण सम्पूर्ण, अन्नपूर्ण टुडेलगायतका प्रकाशनबाट निरन्तर नागरिकको पक्षमा आवाज उठाइरहेको छ।

‘तपाईंहरूको माया र विश्वासले गर्दा नै हामीलाई अझ राम्रो गर्नुपर्ने बाध्यता छ। हामी अगाडि बढिरहनेछौं, रेकर्डहरूब्रेक गरिरहनेछौं, सूचनाको संवाहकको रूपमा सदैव परिवर्तनलाई अपनाउनेछौं। निडर, निष्पक्ष, र निरन्तर पत्रकारिताको नेतृत्व गरिरहनेछौं’, उनले भने।

कार्यक्रममा नेटवर्कका अध्यक्ष क्याप्टेन थापा, एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यसहित सुशील पन्त, विकासशमशेर जबरा, वसन्त मिश्र, लाक्पा सोनाम शेर्पा, प्रदीप श्रेष्ठ, भाष्कर राजकर्णिकारलगायत व्यापारी, उद्योगपति, सञ्चार उद्यमी, व्यवसायी, विज्ञापनदातालगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.