लिबियामा समयमै निर्वाचन सम्पन्न गर्न युरोपको आग्रह

लिबियामा समयमै निर्वाचन सम्पन्न गर्न युरोपको आग्रह

लिबियालाई समयमै निर्वाचन सम्पन्न गर्न युरोपका तीन देशका विदेशमन्त्रीहरुले आग्रह गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र गठन भएको नयाँ सरकारलाई समयमै आम निर्वाचन गराउन आग्रह गरेको हो । उनीहरुले यो सरकारको काम नै आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ भन्दै सोही समयमा चुनाव गर्न आग्रह गरेको हो । लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो ।

यस सरकारले आगामी डिसेम्बर २४ का लागि आम निर्वाचन आह्वान गरेको छ । लिबियाको राजनीतिक अवस्थाले अरु पनि छिमेकी देशहरुको अराजनीतिक अवस्थामा असर गर्ने भन्दै सो निर्वाचन समयमै सम्पन्न गराउनका लागि यो सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । 

लिबियाको राजधानी त्रिपोलीमा गत बिहीबार तीन वटा युरोपेली देशका विदेशमन्त्रीहरु इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका हाइको मास त्रिपोली पुगेका थिए । 

शुक्रबार उनीहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए । लिबियाको आगामी आमनिर्वाचनका विषयमा उनीहरुले लिबियाका प्रधानमन्त्रीसँग आवश्यक छलफल पनि गरेका थिए । 

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेशमन्त्रीहरुले लिबियाले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यसका लागि लिबियालाई युरोपले सहयोग गर्न चाहेको बताएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.