फिल्ममा ‘अटिजम’को कथा

फिल्ममा ‘अटिजम’को कथा

काठमाडौं : शारीरिक रूपमा स्वस्थ छन् कपनका सम्मान आचार्य। मन लागेको काम गर्न सक्छन्। उनलाई मुड चले अरूसँग गफ गर्छन्। नत्र चुप लागेर बसिरहन्छन्। घरि एक्लै हाँसिरहन्छन् घरि हात चलाइरहन्छन्। हिँड्न थाले भने एकसुरले हिँडिरहन्छन्। उनको मानसिक विकास उमेरअनुसार भएन। डाक्टरले उनलाई अटिजम समस्या भएको बताए। उनै सम्मान आचार्यलाई अब भने फिल्ममा देख्न पाइने भएको छ। उनले अभिनय गरेको अटिजम शीर्षकको फिल्म प्रदर्शनको पर्खाइमा छ।  

सम्मानका बुवा निबन्ध आचार्य साहित्यमा कलम चलाउँछन्। उनी जहाँजहाँ जान्छन्् सम्मानलाई पनि लिएर जान्छन्। समाजमा धेरै मानिसमा सम्मानको जस्तै समस्या भएको देख्थे उनी। मानसिक रूपमा विकास नहुनुलाई ठूलै कमजोरीका रूपमा लिएको देख्थे। उनले आफंैले भोगको वास्तविक भोगाइ कथामा उतारे। अटिजम ठूलो समस्या नभएर एक अवस्था मात्रै हो भन्ने बुझाउन फिल्म निर्माण गर्ने योजना बनाए। निबन्धको कथामा साहित्यकार विक्रम श्रेष्ठ सागरले स्क्रिप्ट तयार पारे। केशव रेग्मी सान्दाइले म्युजिक तयार गरे। फिल्मको निर्देशन गरे। दीपक तामाङले कोरियोग्राफी गरे। रिच भिजन सिनेम्याक्स स्टुडियो बानेश्वर काठमाडांैले फिल्म निर्माण गर्‍यो । एक महिनाको छायांकनपछि अटिजम फिल्म निर्माण भयो। 

फिल्ममा मुख्यतः अटिजमको समस्या देखाइएको छ। उमेरअनुसार मानसिक विकास नहुँदा कस्तो असर पर्छ ? परिवारले भोग्नु परेको दुःख, पीडा, सामाजिक दबाबका दृश्य उतारिएको छ। अटिजम भएकाहरू प्रायः एकोहोरो स्वभावका हुने भएकाले उनीहरूले कुनै पनि विषयमा गहिरो ज्ञान प्राप्त गर्न सक्ने सम्भावना पनि हुने गर्छ। 

दुई घण्टाको यो फिल्मले अटिजमका विविध आयामलाई दृश्य दिएको छ।  कोरोनाका कारण सिनेमा हलमा प्रदर्शन हुन नपाएको यो फिल्मको केही दिनअघि च्यारिटी गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.