इन्डोनेसियामा चर्च अगाडि आत्मघाती बम हमला, ९ जना घाइते, एकको मृत्यु

इन्डोनेसियामा चर्च अगाडि आत्मघाती बम हमला, ९ जना घाइते, एकको मृत्यु

जकार्ता: इन्डोनेसियाको मकासार सहरस्थित एक क्याथोलिक चर्च अगाडि आत्मघाती बम हमला हुँदा ९ जना मारिएका छन् ।

आत्मघाती हमला गर्ने एक जना मृतकबारे विस्तृतमा विवरण आइसकेको छैन । होली सप्ताहको पहिलो दिनमै आइतबार आक्रमण भएको हो । उक्त चर्च सुलावेसी टापुमा पर्छ ।

चर्चका प्रमुख फादर विलेमस तुलकका अनुसार बम हमला गर्ने व्यक्ति चर्चभित्रै छिर्ने प्रयास गरेका थिए । तर सुरक्षागार्डले रोकेका थिए । घटना स्थलको छोटो भिडियो फूटेज समेत सार्वजनिक भएको छ । जहाँ घटनास्थलमा विस्फोटको ज्वाला र धुवाँ उडेको देखिन्छ ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले पनि लिएको छैन । यसअघि २०१८ मा सुरबाया सहरमा चर्च र प्रहरी चौकीमा भएका आक्रमणको आरोप प्रहरीले इस्लामिक स्टेट प्रभावित जमाह अन्सरुत दौलाह समूहमाथि लगाएको छ । जहाँ ३० जना मारिएका थिए ।

मकासार सुलावेसी टापुको सबैभन्दा ठूलो सहर हो । जुन सहर इन्डोनेसियाको धार्मिक सहरको रुपमा पनि चिनिन्छ । धार्मिक मामिला मन्त्रीले यस घटनालाई जुनसुकै उद्देश्यका साथ गरिएको भए पनि पुष्टि हुन नसक्ने प्रतिक्रिया दिएका छन् । धार्मिक मामिला मन्त्री याकुत कोलिल कमासले भनेका छन्, 'जेसुकै उद्देश्यका साथ गरिएको भए पनि यस घटना कुनै पनि धर्मबाट पुष्टि हुन सक्दैन । यसले एक व्यक्तिलाई मात्रै हानी गरेन । अरु धेरैलाई हानी पुर्‍याएको छ ।'

मुस्लिम बाहुल्य मुलुक इन्डोनेसियामा २००२ मा यसै पर्यटकीय टापु इस्लामिस्ट अतिवादी समूहले हमला गरेको थियो । जहाँ २०० भन्दा धेरैको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.