चीन र इरानबीच २५ वर्षे व्यापार सम्झौता

चीन र इरानबीच २५ वर्षे व्यापार सम्झौता

तेहरान: चीन र इरानले २५ वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री मोहम्मद जाबद जरिफबीच शनिबार हस्ताक्षर भएको हो । 

मध्यपूर्वी मुलुकको दुई दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले इरानमा उक्त सम्झौता गरेका हुन् । यस क्रममा वाङले इरानी राष्ट्रपति हसन रौहानीसँग पनि भेटवार्ता गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङ २०१६ मा इरान भ्रमणमा रहेका बेलादेखि नै उक्त सम्झौता सक्रिय रहँदैआएको थियो ।

यसपटकको सम्झौता अनुसार द्वीपक्षीय व्यापार आगामी दशकसम्म १० गुणा बढाएर ६०० बिलियन पुर्‍याउने सहमति भएको छ। तर दुई देशबीच भएको सम्झौताबारे सरकारले औपाचरिक रुपमा प्रकाशन गरेको छैन । यद्यपि सैन्य सहयोगका साथै उर्जा, भौतिक पूर्वाधार लगायत प्रमुख क्षेत्रमा लगानी गर्ने चिनियाँ रणनीतिक सम्झौताको रुपमा पनि यसलाई व्याख्या गरिएको छ ।

अमेरिकाले चीन र इरान दुबै देशमाथि प्रतिबन्ध लगाएपछि यस सम्झौता गरिएको बताइएको छ । अमेरिकी निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्ध फिर्ता लिन जो बाइडेन पनि तयार देखिएका छैनन् । चीन र रुसले भने प्रतिबन्ध हटाएर सम्झौता कायम गर्न आग्रह गर्दैआएका छन् ।

चीनसँगको सम्झौतापछि इरानी राष्ट्रपतिले आर्थिक र व्यापार सहायताका साथै आतंकवाद र अतिवादविरुद्ध लड्न चीनसँग मिलेर अघि बढ्न सकिने प्रतिक्रिया दिएका थिए । चीन र इरानबीच ५० वर्ष लामो औपचारिक कुटनीतिक सम्बन्ध रहँदैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.