एकै स्कुलका २ सय बढी विद्यार्थी बिरामी, भाइरलको आशंका

एकै स्कुलका २ सय बढी विद्यार्थी बिरामी, भाइरलको आशंका

बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकामा १ को धुरालसैन माविका विद्यार्थी बिरामी परेका छन् । पाँच दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने जस्ता समस्या देखिएको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए । चार दिनयता दिनप्रतिदिन १५, २० जना बिरामी हुन थालेको शिक्षक पाध्यायले बताए । 

विद्यार्थी बिरामी हुनथालेको खबर पाएपछि ब्रमतोला स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली स्कुल गएको अहेब ताराकुमारी खत्रीले बताइन। स्वास्थ्यकर्मीको टोली पुग्नु अगाबै धेरै बिरामी विद्यार्थीलाई शिक्षकले घर पठाएसकेका रहेछन् । २० जना भन्दा बढी विद्यार्थीलाई चेकजाँच र उपचार गरेको खत्रीले बताइन्। सुरुमा कम्पनसहितको ज्वरो आउने र विस्तारै कतिपयमा ठिक हुँदै गएको छ।

सुरुका दिनमा त मौसमी रुघाखोकी होला भन्ने लागेको र विद्यालयले पनि बिरामी परेका विद्यार्थीलाई घर पठाउने गरेको थियो। विस्तारै विद्यार्थीको संख्या बढ्दै गएको छ। सोमबार मात्र कक्षा–७ का १० जना विद्यार्थी बिरामी परेका छन् । दिनदिनै विद्यार्थी बिरामी हुनथालेपछि बुढीगंगा नगरपालिकाबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएको बुढीगंगा नगरपालिका मेयर दिपकविक्रम शाहले बताए।

गाँउमा समेत रुघाखोकीका बिरामी बढेको जानकारी आएको छ । गाउँटोलमा समेत स्वास्थ्यकर्मी पठाउने तयारी नगरपालिकाले थालेको नगरप्रमुख शाहले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.