फागुको रङमा जब एसिड घोलियो

फागुको रङमा जब एसिड घोलियो

काठमाडौं : शंखरापुर–१ नाङ्लेभारे लामाबिसौनास्थित नवीनग्राम शिक्षा मन्दिर मावि परिसरमा आइतबार फागुको चहलपहल थियो। कक्षा–९ मा पढ्ने नाङ्लेभारेकै  अस्मिता तामाङलाई दिउँसो ४ बजे साथीहरूले रङ दलिदिए। तर, लगत्तै अनुहार भतभती पोल्न थाल्यो। सविन तामाङ र विशाल तामाङको अनुहारमा पनि जलन हुन थाल्यो। उनीहरूलाई रङ दल्ने पवन पहरी र आकाश तामाङको हातमा पनि जलन भइरहेको थियो।

दोलालघाट घर भएका पवन र आकाश विद्यालयछेउ सडक निर्माण गर्ने कामदार हुन्। उनीहरूले दूध संकलन केन्द्रबाहिर ग्यालनमा राखिएको एसिडलाई पानी सम्झेर त्यसमै रङ घोलेका रहेका छन्। क्यान्टिनको आडमै रहेको केन्द्रबाहिर ग्यालिनमा ६ लिटर जति एसिड राखिएको थियो।

एकैछिनमा स्थानीय भेला भए। प्रहरी आए। अस्मिता, विशाल र सविनलाई साखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा लगियो। अस्मिताको अनुहारमा एसिडले गहिरो घाउ बनाएको छ। विशाल उपचारपछि घर फर्किएका छन्। सविनलाई मंगलबार डिस्चार्ज गर्ने तयारी छ।

अस्पतालका डा. सन्तोष भण्डारीले अस्मिताको अनुहारको घाउ अलि गहिरो रहेको बताए। मंगलबार घाउ सफा गरिँदै छ। अस्मिताको निधारमा एसिडले धेरै असर गरेको छ। अनुहारको छाला डढाएर कालो बनाएकाले मंगलबार अपरेसन गरी सफा गरिने डा. भण्डारीले बताए। अस्मिता १५ दिन अस्पतालमै उपचारमा रहनुपर्ने देखिएको छ। उनको स्वास्थ्य अवस्था भने जोखिममुक्त छ।

नाङ्लेभारे प्रहरी चौकी शंखरापुरका प्रमुख सइ गणेश श्रेष्ठका अनुसार एसिड भूलवश प्रयोग भएको देखिन्छ। विद्यार्थीलाई एसिड दल्ने पूर्वयोजना देखिँदैन। दुई जना विद्यालयनजिक सडकको काम गर्ने भएकाले पाँचै जना एकअर्कामा परिचित छन्। फागु खेल्ने क्रममा अचानक घटना भएको सइ श्रेष्ठले बताए।

दूध संकलन केन्द्रका सञ्चालक केशव नेपाललाई सोधपुछका लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको छ। एसिड प्रयोगकर्ता आकाश र पवनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बौद्ध प्रहरीमा पठाइएको श्रेष्ठले बताए। उनका अनुसार विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद दंगाललाई आवश्यक सोधपुछ गरिनेछ।  स्थानीय नवराज गुरुङका अनुसार क्यान्टिन चलाउन मात्रै विद्यालयसँग सहमति गरेको देखिन्छ। तर दूध संकलन केन्द्रका लागि विद्यालयको अनुमति लिइएको छैन। अनुमतिबिना दुध संकलन केन्द्र सञ्चालन गर्नु कानुनविपरीत रहेको गुरुङले बताए। एसिडजस्तो कडा केमिकल यसै लापरबाह तरिकाले छाडिँदा यो घटना भएको हो।

सरकारले असोजमा एसिड आक्रमण गर्नेविरुद्ध कडा अध्यादेश ल्याएको छ। अध्यादेशअनुसार एसिडको खुला बिक्रीवितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिलाउनेलगायत व्यवस्था छन्। जसअन्र्तगत एसिड खरिद र प्रयोगकर्ताले एसिड किन्नुको उद्देश्य खुलाउन पर्ने, प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने,  सरकारले जारी गरेको परिचयपत्र देखाउनुपर्ने, सिल गरिएको र लेबल भएको बोतलमा मात्रै बिक्री गरिनुपर्नेलगायतको व्यवस्था छन्। तर, दूध संकलन केन्द्रका लागि दूधमा फ्याट निकाल्न प्रयोग गरिने एसिड लापरवाह तरिकाले सजिलै भेट्टाउन सक्ने अवस्थाले भण्डारण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.