मध्यपुर थिमिको १ वडा कार्यालयमा चोरी प्रयास

मध्यपुर थिमिको १ वडा कार्यालयमा चोरी प्रयास

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ वडा कार्यालयमा गएराति चोरीको प्रयास गरिएको छ।

मध्यपुर थिमि नपा १ लोकन्थलीस्थित वडा कार्यालयको मुख्य ढोकाको चेन गेटमा लगाइएको ताला तोडेर चोरीको प्रयास गरिएको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए।

उनका अनुसार चेन गेटको ताला फोडेर चोर भित्र पसे पनि कार्यालयको कुनै सामान तथा महत्वपूर्ण कागजातहरु चोरी हुन पाएन।

‘चोर चेन गेटसँगै रहेको भान्छा कोठाभन्दा अघि गएको देखिएन’, वडा अध्यक्ष खड्काले भने, ‘जसले गर्दा वडा कार्यालयका कुनै सामान तथा कागजातको चोरी हुन पाएन।’

तर चोरले वडा कार्यालयको सामुन्ने रहेको मनी एक्सचेन्ज काउन्टरमा भने चोरी गरेको उनले बताए।

उनका अनुसार उक्त काउन्टरमा तोडफोड गरेर चोरले २५ हजार रुपैयाँ चोरेर लगेका थिए। उक्त काउन्टरको सटरमा लगाइएका दुइटा ताला फोडेर चोर भित्र पसेका पाइएको थियो।

वडा अध्यक्ष खड्काले कार्यालय परिसरमा रहेको सीसीटीभी क्यामेरा मर्मत नभएको मौका छोपी चोरीको प्रयास भएको बताए। वडा कार्यालय भई जाने सडक फराकिलो गर्ने क्रममा सीसीटीभी क्यामेराको तार चुँडिएकोले मर्मत गर्न नपाइएको उनी बताउँछन्।

महानगरीय प्रहरी वृत्त ठिमीले वडा कार्यालयमा चोरीको प्रयास गर्दै मनी एक्सचेन्जमा चोरी गर्नेहरुको खोजी कार्य भइरहेको जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.