अर्जेन्टिनाका राष्ट्रपति कोरोनाको खोप लगाइसकेपछि पनि संक्रमित
अर्जेन्टिना: अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि पनि संक्रमण देखिएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रबार यसबारे औपचारिक घोषणा गरेको हो । राष्ट्रपति फर्नान्डेजले पनि ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको प्रतिक्रिया दिएका छन् ।
६२ वर्षीय राष्ट्रपति फर्नान्डेजले रुसले विकास गरेको खोप स्पुतनिक भी खोप लगाएका थिए । हाल संक्रमित भएपछि उनले आफू आइसोलेसनमा रहेको तर शारीरिक रुपमा तन्दुरुस्त रहेको बताएका छन् ।
उनले कोरोनाको दोस्रो डोज गत फेब्रुअरी ११ मा लगाएका थिए । अर्जेन्टिनामा कोभिड–१९ को दोस्रो लहरले गर्दा अवस्था जटिल बन्दै गएको बताइएको छ । जहाँ २३ लाख मानिस सङ्क्रमित हुनुका साथै ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।