म्यानमारमा हालसम्म ४६ बालबालिकासहित ५५० मारिए
नपिद्व: म्यानमारमा कू विरोधी प्रदर्नशनको क्रममा सेना तथा सुरक्षाकर्मीको आक्रमणबाट अहिलेसम्म ५५० जना मारिएका छन् ।
फेब्रुअरी १ देखि पछिल्लो शनिबारसम्म हिंसात्मक झडप हुँदा यस्तो क्षति भएको हो । आन्दोलनमा मारिनेमध्ये ४६ जना बालबालिका रहेको मानवअधिकारवादी समूहले जनाएका छन्।
प्रजातन्त्रवादी नेत्री आन साङ सू चीसहित २७५१ जना हिरासतमा राखिएका छन् । पछिल्लो शुक्रबार मात्रै कम्तिमा २ जना मारिएका छन् । साथै शनिबार पनि केही हताहत भएको बताइएको छ ।
मोनया, मन्डालय सहित ठूला सहरमा जारी प्रदर्शनमा सुरक्षाकर्मीले चर्को दमन गर्दैआएको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि त्यसविरुद्ध निरन्तर प्रदर्शन जारी छ । पछिल्लो समय प्रदर्शनकारीविरुद्ध सेनाले दमन बढाएको छ ।