भारतमा नक्सलवादीहरुको आक्रमणमा २२ सुरक्षाकर्मी मारिए, ३१ घाइते
नयाँदिल्ली: भारतको छत्तीसगढस्थित नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मी मारिएका छन् । अरु ३१ जना घाइते भएका छन् ।
भारतको छत्तीसगढ प्रदेश अन्तर्गत विजपुरमा शनिबार यस्तो घटना भएको हो । छत्तीसगढ नक्सलवादीहरुको प्रभाव क्षेत्र मानिन्छ ।
स्थानीय प्रहरी अधिकारीहरुका अनुसार २१ जना प्रहरी सम्पर्कविहीन भएका छन् । तर उनीहरुको खोजी भइरहेको बताइएको छ । यस घटनाबारे केन्द्र सरकारले पनि चासो देखाएको छ । गृह मन्त्रालयले सम्पर्कविहीन भएका सुरक्षाकर्मीहरुको खोजी गरिरहेको बताइएको छ ।