परदेशको पीडा : एकैदिन १२ शव ल्याइयो

परदेशको पीडा : एकैदिन १२ शव ल्याइयो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा निधन भएका १२ जनाको शव आइतबार ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार मलेसियामा निधन भएका नेपाली १२ जनाको शव नेपाल एयरलाइन्सबाट आइतबार ल्याइएको हो।  

आफ्नो गाउँका युवाको शव आएको थाहा पाएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विमानस्थल पुगेका थिए। उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तको भावविह्वल अवस्था देख्दा आँसु नथामिएको उल्लेख गरेका छन्। 

विमानस्थलका अनुसार मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो।

त्यस्तै भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको विमानस्थलले जनाएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार दैनिक २÷३ जनाको निधन हुने गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.