इन्डोनेसिया पहिरो : मर्नेको संख्या ४४ पुग्यो
जाकार्ता : इन्डोनेसियाको पूर्वी प्रान्तमा आएको बाढी तथा पहिरोमा परी मर्नेको संख्या ४४ पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान आएको सो बाढी तथा पहिरोमा अन्य ९ जना घाइतेको उद्धार गरिएको छ।
‘४४ जनाको लाश भेटिएको छ भने ९ जना घाइतेको उद्धार गरिएको छ’, राष्ट्रिय प्रकोप व्यवस्थापनका प्रवक्ताले भनेका छन्, ‘अझै थुप्रै मानिस लेदोमुनि पुरिएका छन्।’
स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयको थियो।
थुप्रै मानिसलाई लेदोले पुरिएकाले मृतक संख्या बढ्न सक्ने उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन्। लेदोले घरहरू पुरिएका छन् भने बाटो तथा पुलहरू भत्काएको छ।
आउँदा केही हप्तासम्म मौसम सुधार नहुने भएकाले यस्तो विपद् पुन: दोहोरिन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।