फ्राइडे रिलिज : एकै दिन ‘श्री’ र ‘गुड फ्रेन्ड’

फ्राइडे रिलिज : एकै दिन ‘श्री’ र ‘गुड फ्रेन्ड’

काठमाडौं : कोरोना कहरका कारण बन्द रहेका फिल्म हलमा एक वर्षपछि एकै दिन दुई नयाँ नेपाली फिल्म रिलिज हुने भएका छन्। चैत २७ गते शुक्रबारबाट देशभरिका हलमा एकै दिन ‘श्री’ र ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउन लागेका हुन्। 

नेपाली फिल्म इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म हो ‘श्री’। लकडाउनको समयमा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको हो। ‘श्री’मा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सबिता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्। 

पहिला केही ओटीटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए पनि ट्रेलर हेरेपछि हलमै प्रदर्शन गर्न लागिएको वितरक करण श्रेष्ठले जानकारी दिए। कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीवृद्धिमा ‘श्री’ले ठूलो योगदान गर्ने विश्वास लिएको वितरक श्रेष्ठले बताए। 

‘श्री’का प्रमुख पात्र सन्दीप क्षेत्रीले यो फिल्म आफ्ना लागि निकै महŒवपूर्ण रहेको बताए। उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत विश्वास गरेर अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। 

अभिनेता भोला सापकोटाले ‘श्री’मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र फिल्मको चर्चा गरे। फिल्मकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राविधिकको राहतस्वरूप ‘श्री’ निर्माण गरिएको स्मरण गरिन्। 

यसैगरी चैत २७ बाट देशभर ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउने भएको छ। समसामयिक प्रेमकथामा आधारित एक्सनप्रधान चलचित्र ‘गुड फ्रेन्ड’मा पम्फा बर्मा र फारुबी बर्मा निर्माता छन्। बीजी बर्मा फिल्मस् प्रालिका लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंहलगायतको अभिनय छ। प्रदीप खड्काको द्वन्द्व, ध्रुवको संगीत, अजय स्याङ्तान र राजन महर्जनको नृत्य निर्देशन रहेको चलचित्रको निर्देशन राजबहादुर सानेले गरेका हुन्। चलचित्र केशव अधिकारी र सरोज महर्जनले खिचेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.