भारतमा एकै दिन सवा लाख संक्रमित

भारतमा एकै दिन सवा लाख संक्रमित

नयाँदिल्ली : भारतमा एकै दिन हालसम्मकै धेरै संक्रमित भएका छन्। बिहीबार पछिल्लो २४ घण्टामा झन्डै १ लाख २७ हजार जना संक्रमित भएका हुन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले १ लाख २६ हजार ७ सय ८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ। पछिल्लो विवरणसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २९ लाख २८ हजार ५ सय ७४ पुगेको छ। पछिल्लो एक दिनमा भारतमा ६ सय ८५ जनाको कारोन भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ।  

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या नौ लाख १० हजार ३१९ रहेको छ। यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित भएका थिए। पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन्। यो तथ्यांकले भारतमा नयाँ संक्रमितको संख्या दैनिक बढ्दै गएको देखाएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.