पाकिस्तानी सांसद टोली बोकेर अफगानिस्तान गएको विमान असुरक्षाका कारण फर्कियो

पाकिस्तानी सांसद टोली बोकेर अफगानिस्तान गएको विमान असुरक्षाका कारण फर्कियो

इस्लामाबाद: पाकिस्तानी संसदका सभामुखसहित सांसदहरुको टोली बोकेर अफगानिस्तानका लागि उडेको जहाज विमानस्थल नजिकै विस्फोटक पदार्थ भएको भन्दै अवतरणको अनुमति नपाएपछि फिर्ता भएको छ ।

विमानस्थल नजिकै एक वर्ष पुरानो विस्फोटक पदार्थ भएकाले उक्त जहाजलाई फिर्ता गरिएको हो । पाकिस्तानी राष्ट्रियसभाका सभामुख असद कुरैसीको नेतृत्वमा ९ जना सांसदहरुको प्रतिनिधिमण्डल अफगानिस्तानको राजधानी  काबुलमा तीनदिने भ्रमणका लागि गएको थियो । जुन भ्रमण अफगान सभामुख वोलेसी जिर्गा मीर रहमान रहमानीको विशेष निमन्त्रणामा तय गरिएको थियो ।

सांसदहरुको टोली इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट छुटेपछि काबुल अवतरण गर्नुअघि नै अफगानिस्तानका सभामुखले विमानस्थलमा सुरक्षा खतरा रहेकाले विमानस्थल बन्द रहेको सूचना अफगानिस्तानबाट आएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

पाकिस्तानी अधिकारीका अनुसार सूचना आएपछि उक्त विमान अफगानिस्तानमा अवतरण नगरिकनै मोडिएको थियो । तर विस्फोटक पदार्थ विमानस्थलको धावन मार्गमा नभएर केही पर रहेको बताइएको छ ।

पाकिस्तानी टोली फर्किएपछि भने अफगान उच्च अधिकारीहरुले उनीहरुलाई टेलिफोन गरेका थिए । टेलिफोनको क्रममा अफगान अधिकारीले सुरक्षा खतराका कारण पाकिस्तानी विमान अवतरण गराउन नसकेको जानकारी दिएका थिए । साथै उनीहरुले पाकिस्तानी टोलीलाई फेरि छिट्टै भ्रमण हुने बताएका थिए । अफगानिस्तानमा पाकिस्तानी सभामुखको यो पहिलो औपचारिक भ्रमण थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.