म्यानमारमा जातीय सेनाको हमला: १० सुरक्षाकर्मी मारिए

म्यानमारमा जातीय सेनाको हमला: १० सुरक्षाकर्मी मारिए

नपिद्व: म्यानमारमा सैन्य ‘कु’ को विरोध गर्दैआएका जातीय सैन्य गठबन्धनका सशस्त्र लडाकुले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तिमा १० सुरक्षाकर्मी मारिएका छन् ।

म्यानमारको पूर्वी क्षेत्रको शान प्रान्तस्थित नउङमोङमा रहेको एक प्रहरी चौकीमा जातीय सेनाको संयुक्त फौजले शनिबार आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

आराकन आर्मी, ताङ नेशनस लिबरेशन आर्मी र म्यानमार नेशनल डेमोक्रेटिक अलायन्सका लडाकुहरुले शनिबार बिहान आक्रमण गरेको बताइएको छ । हमलामा १० जना प्रहरी मारिएको बताइएको छ । तर स्थानीय केही मिडियाले भने १४ जना प्रहरी मारिएको दावी गरेका छन् ।

म्यानमारको सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन । गत फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि नै यहाँका जातीय समूहहरुले त्यसको विरोध गर्दैआएका छन् । कतिपय स्थानलाई भूमिगत समूहहरुले कब्जामा लिएको पनि बताइएको छ ।

गठबन्धनमा सहभागी समूहले कू विरोधी प्रदर्शनलाई समर्थन जनाउँदैआएका छन् ।

विरोधका क्रममा सडक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ६ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । म्यानमारमा पछिल्लो समय सेना आक्रामक बन्दै जाँदा झन् ठूला प्रदर्शन हन थालेका छन् । विभिन्न विदेशी शक्तिले समेत म्यानमारको सेनाको आलोचना गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.