कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत : कर्णालीमा तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार उनीहरुको राजीनामा स्वीकृत गरेका हुन् ।

एमालेबाट प्रदेश सरकारमा सहभागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए । तीनै जना मन्त्रीको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । साथै रिक्त रहेका मन्त्रालयमा जिम्मेवारीसमेत तोकिएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार रिक्त भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिएका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । प्रदेश सरकारमा एमालेका चार मन्त्री सहभागि थिए । एमालेका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका खड्कबहादुर खत्री बैंकिक कसुरमा मुछिएपछि यसअघि नै बर्खास्त भएका थिए। त्यसयता भौतिक मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्दै आएका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि सरकारमा माओवादी केन्द्र एक्लै बनेको छ । मुख्यमन्त्रीसहित तीन मन्त्रीले सरकारको नेतृत्व गरिरहेका छन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीबिचको एकता भंगगरी पुरानै हैसियतमा रहेको फैसला गरेपछि कर्णालीमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ । यसअघि दुई पार्टी एकता हुँदा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेको थियो । 

यद्यपी त्यसबेला पनि एमालेभित्र सरकारको नेतृत्व माओवादीलाई दिन नहुने अडान कायमै थियो । तर केन्द्रको दबावपछि एमाले सरकारको नेतृत्व छाड्न बाध्य भएको थियो । अदालतले नै एमाले र माओवादीलाई पुरानै हैसियतमा फर्काएपछि कर्णालीमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत थालेको हो । 

चैत ४ मा एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको जनाउँदै आएको थियो । तर पछिल्लो समय नेता नेपाल पक्षले पनि प्रदेशमा एमालेकै नेतृत्वमा सरकार गठनका लागि पछाडि हटेको जनाएको छ । 

केन्द्रमा एमालेभित्र दुई धार देखिए पनि कर्णालीमा भने आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले एक ठाउँमा उभिएको हो । आफ्नै नेतृत्वमा सरकार गठन गर्न भन्दै एमाले सरकारबाट बाहिरिएको छ । कर्णालीमा प्रदेश सभामा ४० सदस्य छन् । जसमा एमालेका सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १३ सांसद भए पनि धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरिसकेको छ । यस्तै काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.