बागलुङमा फर्निचर उद्योगमा आगलागी : १८ लाख बढीको क्षति

बागलुङमा फर्निचर उद्योगमा आगलागी : १८ लाख बढीको क्षति

बागलुङ : बागलुङ बजारको एक फर्निचर उद्योगमा आगलागी भएको छ । 

बागलुङ नगपालिका–३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचरका सबै सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

राति २ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा बागलुङ, पर्वत र म्याग्दीबाट दमकल झिकाएर विहान मात्रै नियन्त्रणमा लिइएको छ । आगलागीबाट फर्निचर उद्योगमा १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । 

आगलागीबाट फर्निचरसँगै जोडिएका डम्बरबहादुर कार्कीको घरको झ्याल ढोका लगायतको दुई लाख र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लालबहादुर थापाको १ लाख ५० हजार बराबरको सामान नष्ट भएको डिएसपी हवारीले बताए।

आगलागीमा परेर घाइते भएका बागलुङ नगरपालिका १३ बलेवा घर भएर फर्निचर सञ्चालन गर्दै आएका बिराज हरिजन र स्थानीय डम्बर कार्कीलाई धौलागिरी अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगलागी के कति कारणले भएको खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको हवारीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.