इजिप्टमा भेटियो ३००० वर्ष पुरानो सुनौलो सहर

इजिप्टमा भेटियो ३००० वर्ष पुरानो सुनौलो सहर

कायरो: इजिप्टमा ३ हजार वर्ष पुरानो सबैभन्दा ठूलो प्राचिन सहर पत्ता लागेको पूरातत्वविद्हरुले जनाएका छन् ।

मिडियाकर्मीहरुले भ्रमण गर्ने क्रममा लक्सर नजिकै राजाहरुको पौराणिक सहरमा पशु र मानवका गतिविधि चिनिने अवशेष भेटिएको बताइएको छ ।

प्रख्यात इजिप्टोलोजिस्ट जाही हवासका अनुसार यो हराएको एउटा विशाल सहर थियो । जुन भगवान एटोन र एमेनहोटेप तृत्तीयसँग सम्बन्धित थियो । 'हामीले तीन मुख्य जिल्ला भेट्यौँ । तीमध्ये एक प्रशासनका लागि थियो । एउटा कामदारलाई सुत्नका लागि थियो र अर्को उद्योगका लागि थियो' जाही हावासले भनेका छन् ।

उक्त सहरमा मासु सुकाउने, कपडा र चप्पल बनाउने साथै माला र साना मूर्ति बनाउने ठाउँ पनि भेटिएको बताइन्छ । उक्त सहर चिनाउने केही पर्खालहरु भेटिएको बताइएको छ । तर भवनहरुमा मात्रै उक्त सहर सिमित नरहेको बताउँछन् सर्वोच्च काउन्सिलस्थित पुरातत्व विभागका प्रमुख मोस्तफा वाजिरी । उनका अनुसार आर्थिक गतिविधि, काम गर्ने ठाउँ र आगो बाल्ने ठाउँ अहिले पनि भेटिएका छन् ।

यही साताको सुरुमा हवासले हवासले 'हराएको सुनोलो सहर' पत्ता लागेको घोषणा गरेका थिए । र पूरातत्वविद्को टोलीले उक्त सहर इजिप्टमा हालसम्म लुकेर रहेको सबैभन्दा विशाल प्राचिन सहर भएको दावी गरेको छ । साथै अहिले सहरको एक भाग मात्रै भेटिएको र उक्त सहर पश्चिम र उत्तरतर्फ फैलिएको बताइन्छ ।

पूरातत्वविदको टोलीले गत सेप्टेम्बरमा कायरोबाट ५०० किलोमिटर दक्षिणतर्फ लुक्सर नजिकै रामसेस तृत्तीय र एमेनहोटेप तृत्तीयका मन्दिरहरुको उत्खनन सुरु गरेको थियो ।

प्राचिन इतिहास अनुसार एमेनहोटेप तृत्तीयले आधुनिक इराकस्थित यूफ्रेट्स नदीदेखि सिरिया र सुडानसम्म फैलिएको साम्राज्य विरासतमा पाएका थिए । जो ईशापूर्व १३५४ मा बितेका थिए । जसले झण्डै ४ दशकसम्म शासन गरेका थिए ।

पूरातत्वविदहरुले उक्त सहरमा अमेनहोटेप तृत्तीयले प्रयोग गरेका सुनका गहना तथा विभिन्न मूर्ति र लकेटहरुका चिन्ह भेटिने बताएका थिए । जाही हवासका अनुसार यहाँ ठूलो सुनको माछा पूजा गरिएको हुनसक्ने बताएका छन् । यसवाहेक उक्त सहरबारे थप महत्वपूर्ण खुलासा हुनसक्ने भन्दै पूरातत्वविदहरुको टोली उत्साही बनेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.