म्यानमारमा सेनाको गोली प्रहारबाट ८२ प्रदर्शनकारी मारिए

म्यानमारमा सेनाको गोली प्रहारबाट ८२ प्रदर्शनकारी मारिए

नपिद्व: म्यानमारमा सैन्य कू विरोधी प्रदर्शनको क्रममा सेनाको गोली लागी ८० जना भन्दा बढी मारिएका छन् । रंगुन नजिकैको बागो सहरमा जारी प्रदर्शनमा सुरक्षाकर्मीले शुक्रबार बिहानदेखि प्रदर्शनकारीमाथि गोली प्रहार गरेको हो ।

राजनीतिक बन्दीहरुका लागि सहयोग संगठन (आप) र म्यानमार नाउ न्यूजका अनुसार रंगुन सहरबाट उत्तरपूर्वी सहर बागोमा यस्तो घटना भएको हो । जहाँ ८२ जना मारिएको खबर स्थानीय मिडियाले सार्वजनिक गरेका छन् । यद्यपि घटनाको पूर्ण विवरण आइसकेको छैन ।

स्थानीय मिडियाका अनुसार सेनाको दमनका कारण यहाँका धेरैजसो स्थानीय बासिन्दाहरु सुरक्षाका लागि सहरबाट भागेर अन्यत्र गएका छन् । देशभरका प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहारबाट अहिलेसम्म ६ सय भन्दा धेरैको ज्यान गएको छ । साथै हरेक दिन स्थानीयहरु पक्राउ परेका छन् ।

स्थानीय मिडियाका अनुसार राजधानी नपिद्वमा २४८ जना प्रदर्शनकारी मारिएका छन् भने १६ प्रहरीको ज्यान गएको छ। यसवाहेक म्यानमारमा जातीय सशस्त्र लडाकु समूहको गठबन्धनले प्रहरी चौकीमाथि आक्रमण गर्दा १० प्रहरीको मृत्यु भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.