बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका तीन बिरामीको मृत्यु भएको छ। रामनगरस्थित बुटवल धागो कारखानामा रहेको अस्पतालमा उनीहरुको आइसियुमा उपचार भइरहेको थियो।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ निवासी ७९ वर्षीया महिला, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ का पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार तीनै जनाको सोमबार बिहान निधन भएको हो। तिलोत्तमाकी महिलामा चैत २३ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनमा निमोनिया, दम र ज्वरो देखिएको थियो।

कपिलवस्तुका पुरुष र अर्घाखाँचीकी महिला चैत २७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुमा दम ज्वरो र निमोनिया देखिएको थियो। पुरुषमा मधुमेह समेत रहेको थियो।

केही समय सुनसान बनेको बुटवलको कोरोना विशेष अस्पतालमा अहिले बिरामी बढ्दै गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.