सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

सन्धिखर्क : उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न आग्रह गरेका छन् । उनले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी गरे। 

माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने जानकारी दिए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए  । 

एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै प्रतिपक्षमा भएपनि निर्वाचनमा डटेर जाने उनको भनाइ छ  । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने उनले बताए ।

अहिलेको अवस्थामा धेरै नेताहरुले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएको उनको जिकिर छ । देशलाई निकाश दिने पार्टी एमाले र नेता केपी ओली मात्र भएको उनको ठम्याइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.