कोरोनालाई हल्का नठानौं

कोरोनालाई हल्का नठानौं

गत वर्ष कोरोनाको पहिलो लहर सुरु हुनअघिको अवस्था जस्तो थियो, यतिखेर पनि त्यस्तै छ। पहिलो लहरको कोरोना कहर करिबकरिब समाप्त भएर सामान्य अवस्था बन्दै गर्दा अर्को लहर सुरु भएको छ। दोस्रो लहर सुुरु भइसके पनि यसबाट कसरी सुरक्षित रहने भन्नेमा भने सरोकारवाला सबै निकाय करिबकरिब अन्योलकै अवस्थामा छन्। अहिलेको अवस्थालाई सही मूल्यांकन गरेर सुरक्षित उपाय अवलम्बन गर्न सकेनौं भने कोरोनाले फेरि एकपटक हामी सबैलाई एकैसाथ डस्ने पक्का छ। त्यतिखेर आफैंलाई धिक्कार्नेबाहेक हामी कसैसँग पनि विकल्प रहने छैन। तसर्थ सरकारलाई दबाब दिँदै आफैं सुरक्षित हुनेतर्फ सोच्नु आजको आवश्यकता हो।

स्थापित मान्यताअनुसार पीसीआर परीक्षण गरिएका कूल संख्याको दुईदेखि १२ प्रतिशतसम्म कोरोना पोजेटिभ देखियो भने सामान्य ठानिन्छ। नेपालमा पनि संक्रमणको सुरुवाती दिनमा यस्तै देखियो। त्यतिखेर कूल परीक्षण गरिएकामध्ये मुस्किलले पाँच प्रतिशतमा पनि कोरोना पोजेटिभ देखिएन। यसले गर्दा परीक्षणका नाममा अनावश्यक खर्च भएको तर्क पनि भए तर परिस्थति उल्टिएको छ। कोरोना जोखिमको पारोले विस्तारै उच्च विन्दु छोइसकेको छ। मुख्य सहर र विशेषगरी भारतसँग जोेडिएका नाकामा यसको असर विकराल बन्दै गएको छ। यस्तै अवस्था थप एकदुई दिन रह्यो भने ती ठाउँमा नियन्त्रण नै गर्न नसक्ने गरी कोरोना संक्रमण फैलिनेछ। कसैको पनि मुख नताकी स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन सकियो भने मात्रै संक्रमणबाट जोगिन सकिन्छ।

पछिल्ला दिनमा पीसीआर परीक्षण गरिएकामध्ये १० प्रतिशतभन्दा धेरैमा संक्रमण फैलिएको पुष्टि भइसकेको छ। परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमितको संख्या पनि बढिरहेको छ। यो अवस्थाले परिस्थिति थप विकराल बनाएको छ। पछिल्ला दिनमा परीक्षण र उपचारमा राज्यले नीच मारेपछि आफ्नै खर्चमा पीसीआर गराउनेहरू घटेका थिए। यसले स्वाभाविक रूपमा अस्पताल गएर उपचार गर्ने तथा होम आइसोलेसनमा बस्ने व्यवहारमा पनि कमी ल्याएको थियो। छिमेकी भारतमा उच्च दरमा संक्रमण फैलिसकेकाले यसको स्वाभाविक असर नेपालमा पनि पर्ने पक्का छ। संक्रमण र मृत्युदरको अनुपातले थप केही दिन यस्तै गति लिइरह्यो भने छिटै भारत मात्रै नभएर नेपाल पनि संक्रमित र मृत्युदरको हिसाबले लिडिङ गर्ने मुलुकमा पर्ने निश्चित छ।

संक्रमण दर बढिरहे पनि यसलाई खेलाँची ठान्ने प्रवृत्तिमा कमी आएको छैन। शैक्षिक संस्थाहरूमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाइएको छैन। बजारमा भीड बढिरहेको छ। कोरोना भनेको सामान्य रहेछ र यो लागे पनि सजिलै निको हुन्छ भन्ने आम बुझाइले जोखिम बढाउन मद्दत पुर्‍याएको छ। कुनै पनि समस्याले आपत् नपार्दासम्म नचेतिने मानवीय स्वभाव हो। बेलैमा होस नपुर्‍याउने हो भने यो आगोको भुंग्रोमा हामी जोकोही पनि पर्न सक्छौं। एकैपटक विश्वका करोडौं मानिसलाई पिरोलिरहेको यो महामारीलाई हल्का ठान्ने भूल कसैले पनि गर्नु हुन्न। स्वास्थ्य सतर्कतालाई जस्तोसुकै कठिन परिस्थतिमा पनि कम गर्नुहुन्न।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.