अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत युवकको मृत्यु

अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत युवकको मृत्यु

प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्। मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।

२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो । त्यस क्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । 

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन् । मिनसोटाका प्रहरी प्रमुख टीम गानन्ले उक्त घटना एउटा दुर्घटना भएको बताए । उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन्।तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्।

सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए। उक्त भिडियोमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ । 
त्यसपछि एकजना अधिकारीले 'टेजर, टेजर, टेजर' भनेको सुनिन्छ । ती भनेका एकखाले अचेत बनाउने बन्दुकबाट प्रहार गर्नुअघि भनिने शब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ ।

त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन्। त्यसबेला तिनै अधिकारीले मैले उसलाई गोली हाने भनेको भिडियोमा सुनिन्छ। गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो।

प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए। गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ।

सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए। राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन् ।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.