नयाँ वर्ष शुभ होस्

नयाँ वर्ष शुभ होस्

उपलब्धिका हिसाबले हराएको वर्षजस्तै बन्यो, २०७७ साल। यो साल राजनीतिक अस्थिरता, कोरोना ब्याधि र आर्थिक संकटका कारण मुलुकसमेत गहिरो संक्रमणमा फस्यो। सबै प्रकारको संक्रमण पूर्णरूपमा नहट्दै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ। आशा गरौं, हरेक व्यक्ति र मुलुकले खेपिरहेको  संक्रमणलाई नयाँ वर्षको उमंगले सहजै पार लगाइदिनेछ र मुलुक नयाँ शिराबाट अघि बढ्नेछ। वैशाख १ गतेलाई नै शुभ साइत मानेर हरेक नागरिकले प्रण गर्नु जरुरी छ, नयाँ वर्षलाई थप उत्साह र उमंगसाथ बिताउन म पनि आफ्नो तर्फबाट गच्छेअनुसार योगदान दिनेछु।

वर्षको सुरुवातदेखि नै मुलुक कोरोना संक्रमणको विश्वव्यापी महाब्याधिको चपेटामा पर्‍यो। सारा विश्वलाई नै एकैसाथ गाँजेको यो ब्याधिबाट कुनै पनि क्षेत्र अछुतो रहन सकेन। उद्योग कलकारखाना, होटल, पर्यटन, हवाइ क्षेत्र, शैक्षिक संस्था, साना तथा ठूला पसलदेखि दैनिक कमाइबाट जिन्दगी गुजारिरहेकाहरू समेत एकैपटक चरम संकटमा परे। यसबाट यीमध्ये केही त करिब–करिब सडकमा बास बस्नुपर्ने अवस्थामा पुगे। यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा पर्‍यो। धिमा गतिको अर्थतन्त्रको बेगलाई आम अपेक्षाविपरीत कोरोना कहरले झन्डै ऋणात्मक अवस्थामा पुर्‍याइदियो। केही समय मत्थर भएको कोरोना संक्रमणपछि लयमा फर्कनै लागेको आर्थिक क्षेत्रले फेरि पनि पुरानै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ। यही अवस्था रहरिह्यो भने नयाँ वर्ष उमंग भन्दा पनि चिन्ता र भयमै बित्ने छ। यो चिन्ताबाट मुक्ति पाउन सबैको पहल जरुरी छ। कोरोनालाई दैनिकी मानेर यसबाट कसरी सुरक्षित रहने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ। यति गर्न सकियो भने पक्कै पनि कोरोनाको असर धेरै न्यूनीकरण गर्न सकिन्छ।

कोरोना कहरबाट मुलुक आक्रान्त भइरहेकै बेला मुलुकले राजनीतिक संकटको सामना गर्नुपर्‍यो। मुख्यगरी सत्तासीन दलको आन्तरिक विवादका कारण मुलुकले संसद् विघटनको असफल प्रयासको सामना गर्नुपर्‍यो। झन्डै दुईतिहाइ जनताको समर्थन बटुलेर गठन भएको सरकारसमेत नेताको स्वार्थका कारण असमयमै ढल्ने अवस्थामा पुगेको छ। यसले जनतालाई थप निराश बनाएको छ। उनीहरूको चाहनामाथि कुठाराघात गरेको छ। विगतमा एक भएको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी अदालतबाट अवैध ठहरिनु र सरकारको नेतृत्व गरिरहेको एमाले पनि नेताबीचको तिक्तताका कारण फुटको संघारमा पुगेकाले मुलुकमा राजनीतिक संकट अझै गहिरिँदै गइरहेको छ। अहिलेको अवस्था हेर्दा मुलुक यो संकटबाट सजिलै उम्कन सक्ने अवस्थामा छैन। यसका लागि राजनीतिक दल कुर्सीमोहको संकीर्ण सोचबाट माथि उठ्नु जरुरी छ। सत्ता र शक्तिलाई मात्रै अर्जुनदृष्टि ठान्ने मानसिकता त्याग्नुपर्छ।

नयाँ वर्षका लागि सारा प्रकृतिकै साझा शत्रुको रूपमा उदाएको कोरोनासँग लड्नु त छदैछ, त्यसैमाथि राजनीति गञ्जागोलबाट मुलुकलाई पार लगाउनुपर्ने अर्को अभिभारा थपिएको छ। प्राविधिक रूपमा यो अभिभारा नयाँ वर्षको काँधमा गए पनि त्यसलाई सफल तुल्याउने भनेको मानवीय गतिविधिबाटै हो। यसका लागि हरेक नागरिकले होस्टेमा हैंसे गर्नुपर्छ। राजनीतिक दलले सत्ता स्वार्थको संकीर्ण सोच हटाउनुपर्छ। मुलुक विकासको मेरुदण्ड रहेको अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ साझा पहल हुनुपर्छ। हामी सबै मिलेर मुलुकलाई राजनीतिक, सामाजिक र आर्थिक रूपले सुसज्जित बनाऔं। नयाँ वर्ष सबैको शुभ होस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.