दरबारले मन नपराएका सूर्यबहादुर थापा

दरबारले मन नपराएका सूर्यबहादुर थापा

पञ्चायत हुँदै बहुदलमा समेत प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाले दोस्रो संविधानसभा सदस्यलाई शपथ ग्रहण गराउने सौभाग्य प्राप्त गरे।


नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक उदारवादी छवि छाड्न सफल राजनेता हुन् सूर्यबहादुर थापा। नेपालको भूराजनीति र दुई भीमकाय छिमेकी राष्ट्रहरूलाई राम्रोसँग पढेका सूर्यबहादुर ती राष्ट्रहरूलाई राजनीतिक एवम् कूटनीतिक रूपमा ब्यालेन्समा राख्न सक्ने खुबी भएका नेताका रूपमा राष्ट्र एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवि बनाएका थिए। आफ्नो राजनीतिक जीवनकालको पूवार्धदेखि उत्तरार्धसम्म कुनै न कुनै रूपमा चर्चामा रहिरहन रुचाउने सूर्यबहादुर कुनै समस्या उत्थान गर्दै गर्दा सजिलै बैठान गर्न सक्ने छवि कायम गरेका व्यक्तित्वका रूपमा राजनीतिक वृतमा परिचित थिए।

१०४ बर्से जहानिया निरंकुश राणाशासनका पछिल्लो शासकबारेमा होस् वा २००७ सालदेखि २०१५ सालसम्म प्रजातन्त्रमाथि गरेको षड्यन्त्रका बारेमा होस् वा नेपालमा प्रजातन्त्रको विकल्प छैन भन्ने सूर्यबहादुर वामपन्थीहरूबाट नेपालको हित हुँदैन भन्नेमा प्रस्ट थिए। सूर्यबहादुरको यो दूरदृष्ट्रि वर्तमानमा आएर तीनै तहमा करिब दुईतिहाइ जनमत प्राप्त गरी शासन गर्दै गर्दा व्यक्तिगत फाइदा, भ्रष्ट्राचार, नातावाद र कृपावाद मात्र होइन; संविधान जलाउने प्रयत्न गरेबाटै प्रस्ट हुन्छ। यी सत्तासीन वामपन्थीका क्रियाकलापबाट कतै उनीहरू राष्ट्रलाई सिक्किमीकरण गर्ने प्रयत्न त गरेका छैनन् भन्ने प्रश्न उठ्न थालेको छ।

१९८४ सालमा धाकुटाको मुगामा जन्मेका सूर्यबहादुरको राजनीतिक सुरुवात भने २००९ सालमा नेपाली कांग्रेस धनकुटा जिल्ला सभापतिबाट भएको थियो।  २०१५ सालमा राजा महेन्द्रले संसदीय निर्वाचनको घोषणा गरेपश्चात् घोषित निर्वाचनको सल्लाहकारसभाका सदस्य २०१७ पुस १ गते निर्वाचित सरकारलाई बर्खास्त गरेपश्चात् पुनः छिटै प्रजातन्त्र पुनर्बहाली गर्ने सर्तमा राजा महेन्द्रलाई साथ दिन पुगेका उनी मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्षसम्म बन्न पुगेका थिए। इटुमबहालमा प्रजातन्त्र पुनर्बहालीका लागि कार्यक्रम गर्दै गर्दा गिरफ्तारी परेपछि २०२९ साल पुस १ गते कालो टीका लगाएर सुरु गरेको अनशनमा उनको पहिलो माग नै राजनीतिक स्वतन्त्रताका लागि थियो। बाईस दिनसम्म पनि माग पूरा हुने त कुरै थिएन; उल्टै राजाले ‘लेट हिम डाई’ भन्ने खबर पठाउन लगाएको घटनाबाट पनि निरंकुशताको पराकाष्ठा नाघेको प्रस्टै हुन्थ्यो।

राजनीतिमा चतुर खेलाडीका रूपमा आफ्नो स्थान बनाउन सफल थापा सबैभन्दा बढी वा पाँचौंपटक मुलुकको प्रधानमन्त्री भएका थिए। पञ्चायत हुँदै बहुदलमा समेत प्रधानमन्त्री बनेका थापा दोस्रो संविधानसभाका पाँच सयजना सभासद्लाई शपथ ग्रहण गराउने सौभाग्यसमेत प्राप्त गरे भने सोही संविधानसभाले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्‍यो।

पञ्चायतकालमा उदारवादी छवि बनाएका थापा द्वैध शासनको अन्त्य हुनुपर्छ, बालिक मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतको निर्वाचन हुनुपर्छ, भूमिगत गिरोहको अन्त्य हुनुपर्छ प्रधानमन्त्री पूर्णरूपमा राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी हुनुपर्छ र पार्टीमाथि प्रतिबन्ध भए पनि एउटै चुनाव चिह्न लिएर दल चुनावमा उम्मेदवार हुनका लागि वर्गीय संगठनको अनिवार्य सदस्यता खारेजी गर्नुपर्छ भन्ने सदा उनको माग वा आवाज हुने गर्दथ्यो। त्यसकै सजायस्वरूप झलारी काण्डमा कालो मोसो दल्दै ज्यानै लिने षड्यन्त्रसमेत भएको थियो। स्थानीय जनताले साथ दिएका कारण बाँच्न सफल भएका थिए। २०४२ सालमा दरबार एवम् भाइभारदारले राजीनामा गर्न बाध्य गराउन खोज्दा राजालाई संवैधानिक प्रकृयाबाट आफू प्रधानमन्त्री भएको र संवैधानिक प्रकृयाबाटै जाने बताएपछि उनका मन्त्रिमण्डलका प्रायः सबै मन्त्रीहरूले राजीनामा दिई अविश्वासका पक्षमा मतदान गरे भने निर्दलीय पञ्चायतमा प्रजातान्त्रिक अभ्यासको सुरुवात गरेका थापालाई १२५ राष्ट्रिय पञ्चायतका सदस्यमध्ये १७ भाइले साथ दिएका थिए।

राजनीतिक जीवनकालको पूवार्धदेखि उत्तरार्धसम्म कुनै न कुनै रूपमा चर्चामा रहिरहन रुचाउने सूर्यबहादुर कुनै समस्या उत्थान गर्दै गर्दा सजिलै बैठान गर्न सक्ने छवि कायम गरेका व्यक्तित्वका रूपमा राजनीतिक वृतमा परिचित थिए।

२०४६ सालको आन्दोलनको पूर्व सन्ध्यामा युरोपभरि भएको राजनीतिक परिवर्तनका खातिर नेपालमा पनि आन्दोलनको तयारी हुँदै गर्दा सूर्यबहादुरले अब परिवर्तन कसैले छेक्न सक्दैन परिवर्तनका वाहक पञ्च हुनुपर्छ र राष्ट्रिय पञ्चायतले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नुपर्छ भन्दै गर्दा सूर्यबहादुर बहुलायो, अब यसलाई झ्यालखाना हल्नुपर्छ भन्दै भूमिगत गिरोहले राजालाई नउक्साएका होइनन्। थापाको त्यो प्रस्तावको एक मात्र उद्देश्य के रहेको थियो भने इमानदार पञ्चहरूको समेत हारको अनुभूति गर्नुपर्ने त थिएन, घरबार छाडी कुटाइ खानुपर्ने स्थितिसमेत आउँदैनथ्यो। अन्ततोगत्वा २०४६ को आन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापना गर्‍यो।

२०४६ सालअघि दलहरूसँग आबद्ध नभएकाहरू नयाँ दल खोल्नेतिर बाध्यतावश लाग्नुपर्ने भयो। हिजोसम्म पञ्चायतको राजनीति गरेका पूर्वपञ्चहरूले समेत दल दर्ता गर्ने सुरसार गर्दै गर्दा तत्कालीन राजदरबारबाट पुनः एकपटक पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुरलाई बन्न नदिनका लागि जन्मदै पञ्चका जुम्लाहा पार्टी जन्माइयो, जसको नेतृत्व उदारवादी पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को नेत्तृत्व सूर्यबहादुरले गर्नुभएको भयो भने अनुदारवादी पञ्च खेमाका नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) को नेतृत्व लोकेन्द्रबहादुर चन्दले गर्नुभयो। पञ्चायतकालभर आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजिएका सूर्यबहादुर कहिल्यै भूमिगत गिरोहसमक्ष आत्मसमर्पण नगरेका उनीलाई आफूअनुकूल प्रयोग गर्न सकिँदैन भन्नाका खातिर बहुदल आइसकेपछि पनि निषेधको राजनीति गर्न खोजियो, जसकारण पूर्वपञ्चहरूले दुःख त पाए नै; अहिले उक्त राप्रापा बिलयको स्थितिमा पुग्यो। २०४६ सालपश्चात् राजनीतिक अस्थिरता फैलाउन सकृय तत्कालीन राजदरबार विभिन्न पार्टीमा आफ्नो प्रभुत्व कायम राख्न प्रयत्न गर्दै गर्दा हिजोको जस्ते शक्ति प्रयोग एवं दुरुपयोग गर्ने मनोकांक्षाका साथ सकृय हुन थाल्दै गर्दा २०५२ सालमा नेकपा माओवादीले बहुदल आयो बहुलवाद आएन राजा रहेसम्म पूर्ण न्यायिक स्वतन्त्रता नहुने ठहर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सशस्त्र जनयुद्धको सुरुवाद गर्‍यो।

उक्त जनयुद्धलाई सुरुमै दलहरूले राजनीतिक रूपमा समाधान गर्न नखोेजेका होइनन्। तर सेना आफ्नो हातमा रहेको र आफूले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताका कारण दरबारले तत्कालमा एमाले र कांग्रेसको विरुद्ध प्रयोग गर्न खोज्यो तर उल्टै दरबारलाई शक्ति सञ्चयका लागि प्रयोग गर्दै दलहरूको ढाडमा टेक्दै दरबारको टाउकोमा प्रहार गर्‍यो, सात दल र माओवादीको बाह्रबुँदे सम्झौताद्वारा।

दरबार हत्याकाण्डपश्चात् ज्ञानेन्द्रमा झन् सक्रिय राजा बन्ने मनोकांक्षाका कारण विभिन्न षड्यन्त्र गर्न थाले। माओवादीले समेत आफूले धोका पाएको महसुस गर्न थाल्यो। तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल त दरबार हत्याकाण्डपश्चात् नेपालमा राजतन्त्र अन्त्य भएको घोषण गर्नुपर्छ भन्दै राजसभा स्थायी समितिको बैठकमा प्रस्ताव नै राखेका थिए। गिरिजाप्रसाद कोइराला, सूर्यबहादुरलगायतकाको प्रयत्नले राजसंस्था त्यो बेला जोगिएको थियो। तत्कालीन राजाको सक्रिय हुने चलखेल बढेको देख्दा एउटा पत्रकार सम्मेलनमा सूर्यबहादुर थापाले २०४७ सालको संविधानको मर्म आत्मसात गर्दै राजनीतिक रूपमा अंशबन्डा वा बन्डापत्र भइसकेको अवस्थामा आफ्नो भागमा परेको भन्दा बढी खोज्यो भने आफूले आफ्नो भागमा पाएको अंश गुम्ने खतरा भएको हुने हुँदा यथास्थितिमै चित्त बुझाउनु बुद्धिमानी हुने छ भन्ने उद्घोष गरेका थिए; जुन ज्ञानेन्द्रले ‘कू’ गरेपश्चात् राजसंस्था नेपालबाट सदाका लागि अन्त्य भयो, परिवर्तनलाई सधैं आत्मसात गर्ने सूर्यबहादुरले २०६४ सालमा जनताले गणतान्त्रिक शक्तिलाई मतदान गरेको हुँदा गणतन्त्रलाई आत्मसात गरे।

२०७२ साल वैशाख २ गते मृत्युवरण गर्न पुगेका उनी अन्त्यसम्म पनि मुलुकमा वामपन्थीको चलखेल बढ्न थालेपछि सबै प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भन्दै गर्दा राप्रपामा सैद्धान्तिक विचलन आएपश्चात् उक्त पार्टी विघटनको स्थितिमा पुग्यो भने उहाँले अंगीकार गरेको सैद्धान्तिक पक्ष पछ्याउँदै उहाँकै छोरा सुनिलबहादुर थापाको नेतृत्वमा सबै साथ एक मात्र जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ प्रवेश गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.