रायसीना संवादमा मोदीको प्रतिवद्धता: डेढ अर्ब जनतालाई महाव्याधीबाट बचाउँछौँ

रायसीना संवादमा मोदीको प्रतिवद्धता: डेढ अर्ब जनतालाई महाव्याधीबाट बचाउँछौँ

नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै स्रोतमा निर्भर भइ आफ्ना नागरिकलाई महामारीको कहरबाट बचाउन भरमग्दुर कोसिस गरेको बताए ।

“महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भइ हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गर्‍यौँ । हामीले हाम्रा १ अर्ब ३० करोड जनतालाई महाव्याधीबाट बचाउन प्रयास गरेका छौं । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गर्ने प्रयास गरेका छौं” प्रधानमन्त्री मोदीले भनेका छन् ।

कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको भन्दै उनले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् स्रोत सिंगो मानव समुदायसँग बाँड्ने प्रतिक्रिया दिए ।

रायसीना संवादको छैटौं संस्करण उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मोदीले यस्तो बताएका हुन् । चैत्र ३१ गते सुरु संवादलाई मोदीले भर्चुअल माध्यमद्वारा सम्बोधन गरेका थिए । संवादको यसपटकको विषय "ViralWorld: Outbreaks, Outliers and Out of Control" रहेको छ ।

उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए । समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क पनि सहभागी थिए ।

यस वाहेक फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए ।

२०१६ बाट सुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित भारतको अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्छ । कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण आयोजकहरुले सो संवाद कार्यक्रम भर्चुअल्ली आयोजना गर्ने निर्णय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.